२०८१ बैशाख २३

जनार्दनको प्रश्नः नेपालका राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्थ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सर्वोच्च अदालतको हालैको फैसलाले राजनीतिक पार्टीहरूको आत्मनिर्णयको अधिकार अपहरण भएको टिप्पणी गरेका छन् ।  सो पार्टीको मंगलबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पूर्व गृहमन्त्री समेत रहेका शर्माले सर्वोच्चको यो फैसलाले नेपालमा राजनीतिक पार्टीहरू स्वतन्त्र हुन् वा अधीनस्त हुन ? भन्नेमा गम्भिर प्रश्न उठेको बताए । 


Advertisement


‘राजनीतिक प्रकृतिको निर्णय अदालतले गर्यो । राजनीतिक प्रकृतिको निर्णय र मागदाबी भन्दा बढिको निर्णय बेठीक भो । तर अदालतले फैसला गरिसकेको हुनाले त्यो बेठीक भएको कुरा विरोध गर्दै फैसलालाई कार्यन्वयन गर्ने समझदारीका आधारमा पूर्व पार्टीहरू सञ्चालन गर्नुपर्ने आवश्यकता भएको हो’ शर्माको भनाई छ । नेता शर्माले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबारको स्थायी समिति बैठकले रणनीति बनाउने जानकारी दिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap