२०८३ बैशाख २५

Author: Raunak

पेरिसडाँडामा नेकपाको ‘अन्तिम बैठक’ बसेर माधव नेपाल पक्ष फर्कियो एमालेमा

पेरिसडाँडामा नेकपाको ‘अन्तिम बैठक’ बसेर माधव नेपाल पक्ष फर्कियो एमालेमा

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तिम बैठक सकिएको छ ।​ माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड-नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाल पक्षको आन्तरिक छलफलपछि बसेको बैठकको निर्णय अनुसार नेपाल पक्ष एमालेमा फर्किएको हो । बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्‍यौँ । यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक हुन सक्छ, उनले भने । Advertisement उनले अझै पनि एकताको पहल भने जारी राख्ने बताए । 'सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो,'उनले भने दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।' साभार: रातोपाटी ...
सर्वोच्च अदालतको फैसलाप्रति कानुन व्यवसायीहरुको यस्तो प्रतिक्रिया

सर्वोच्च अदालतको फैसलाप्रति कानुन व्यवसायीहरुको यस्तो प्रतिक्रिया

देश, राजनीति, समाचार
काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयनमा जोड दिएका छन् ।  आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ । यसले राजनीतिक वृत्तमा तरंग नै ल्याएको छ । Advertisement सर्वोच्च अदालतको यस फैसलालाई कानुन व्यवसायीहरुले स्वभाविक मान्दै यसको कार्यान्वयनमा जोड दिएका छन् । अधिवक्ता राजाराम घिमिरेले ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा(माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइदिएको बताए । सर्वोच्च अदालतको फैसलालाई कसैले अवज्ञा गर्न नमिल्ने उनको भनाई छ । अधिवक्ता राधिका खतिवडाले सर्व...
राजनीति २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुग्योः प्रदीप ज्ञवाली

राजनीति २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुग्योः प्रदीप ज्ञवाली

देश, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । ‘सर्वोच्च अदालतले २०७५ जेठ ३ गते अघिकै पार्टीलाई मान्यता दिएको छ । सो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै मान्यता दिएको छ । सर्वोच्चले दुईवटा दलको अस्तित्वलाई स्वीकार गरेको छ । यो विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं’ नेकपा केपी ओली पक्षका नेता समेत रहेका ज्ञवालीले भने ।  Advertisement सर्वोच्चले पार्टी एकता गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रक्रिया पुरा गरेर आउनु भनेकोले त्यसका लागि समेत  छलफल गर्ने ज्ञवालीले बताए । उनले पार्टी एकता गर्दाको आधार बलियो नभएको समेत सर्वोच्चको फैसलाले पुष्टि गरेको बताए ।  ‘ अब वैज्ञा...
माधव नेपाल, रामबहादुर थापालगायत यी नेताको भविष्य के होला ?

माधव नेपाल, रामबहादुर थापालगायत यी नेताको भविष्य के होला ?

देश, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दल दर्ता प्रचलित कानुनअनुसार नभएको भन्दै खारेज गरिदिएसँगै सो पार्टीका केही नेताको राजनीतिक भविष्यमा प्रश्न उठेको छ । उक्त पार्टी हाल राजनीतिक रुपमा विभाजित अवस्थामा छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा गठन भएको सो पार्टीलाई सर्वोच्चले वैधानिकता नदिएपछि सो पार्टीका दुई खेमामा रहेका केही नेताको राजनीतिक भविष्य दाउमा लागेको हो । हाल प्रचण्ड–माधव पक्षको नेकपा र ओली पक्षको नेकपा गरी विभाजित दुई राजनीतिक समूहमा केही नेताहरु संकटमा परेका हुन् । सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काइदिएको छ । यो अवस्थामा पूर्व माओवादीका केही नेता ओलीतिर लागेका छन् भने पूर्व एमालेका केही नेता प्र...
सर्वोच्चको फैसलामा देव गुरुङको प्रतिक्रिया : फैसलाले धेरैतिर असर पार्छ

सर्वोच्चको फैसलामा देव गुरुङको प्रतिक्रिया : फैसलाले धेरैतिर असर पार्छ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका छन् ।  संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद् सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिदै नेता गुरुङले ‘बेठीक टाईम’मा न्याय दिने काम भएको बताए ।  Advertisement उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताए । उनले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले...
गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि

गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, स्वास्थ्य
एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।  सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका छन् ।  Advertisement फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे...
‘नेकपा’ नामको विवादमा फैसला आज

‘नेकपा’ नामको विवादमा फैसला आज

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रवार निर्णय सुनाउँदै छ ।  फागुन १३ मा सर्वोच्च अदालतले फागुन २० मा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि पेशी सरेको थियो ।  ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।  Advertisement न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको अन्तिम सुनुवाई गरेका हुन् ।  आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर ...
जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

विदेश / एन.आर.एन, समाचार, सामाजिक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् ।त्यसका लागि दुई वटा उपाय भएको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए ।  ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए ।  Advertisement “भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए । उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए ।  साभार:...
ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

देश, समाचार, सामाजिक
२२ फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरीबाट चार ग्राम ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका-१० स्थित सीमा इलाकाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले चार ग्राम ब्राउन सुगरसहित कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरी र कैलालीको टीकापुर नगरपालिका-३ का २५ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको हो । Advertisement उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा बुझाइएको छ । साभार: रातोपाटी...
प्रचण्ड–माधवलाई ठेगान लगाउने चेतावनी दिँदै ओलीले भने : ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जित्नेलाई लौन प्रभु भन्ने ?

प्रचण्ड–माधवलाई ठेगान लगाउने चेतावनी दिँदै ओलीले भने : ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जित्नेलाई लौन प्रभु भन्ने ?

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंमा आएको अवसरमा घरघरमा गएर दिपावली गर्न र लड्डु खान आग्रह गरेका छन् । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जतिबेला पायो त्यतिबेला लड्डु खाने गरिएको भन्दै यस्तो खुसीयालीमा चाहिँ लड्डु खानुपर्ने बताए ।  ‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । खुसीको बेला खानुपर्छ,यहाँ त लड्डु ल्याइएन आज तर घरघरमा दिपावली गर्दै लड्डु ल्याएर खाए हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई छ ।  Advertisement उनले मेलम्चीको पानी ल्याउने क्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै मेलम्चीको पानी ल्याएकोमा खानेपानी मन्त्री मणि थापालाई ‘भाग्यमानी’ मन्त्रीको संज्ञा दिए । सरकारले विकासका ठूलाठूला काम तीव्र गतिमा गरेको देखेर आफ्नै पार्टीका नेताहरु सरकार...