२०८३ बैशाख २५

Author: Raunak

‘स्वार्थको द्वन्द्व सार्वजनिक पदमा रहँदा मात्रै हैन, बाहिरिएपछि पनि हुन्छ’

‘स्वार्थको द्वन्द्व सार्वजनिक पदमा रहँदा मात्रै हैन, बाहिरिएपछि पनि हुन्छ’

देश, समाचार
प्रजातन्त्रको विस्तारसँगै स्वार्थको द्वन्द्वको मामिला पनि झांगिँदै छ । यो नैतिकतासँग मात्रै जोडिएको हुन्न, यो कानुन नै जोडिएको विषय हो । कोही व्यक्तिले स्वार्थको द्वन्द्वका बीच फाइदा उठाउँछ भने त्यो भ्रष्टाचार नै हो । पश्चिमा देशहरुले यही मूल्य मान्यतालाई आधार बनाएर स्वार्थको द्वन्द्व हुन नदिन विभिन्न काम गरेका छन् । नेपालमा भने अहिलेसम्म यसलाई भ्रष्टाचार मान्ने गरी बलियो कानुनी प्रबन्ध र संरचनाहरु तयार गरिएका छैनन् । विकसित देशमा यसलाई व्यवस्थापन गर्न छुट्टै कानुन नै बनाइएको हुन्छ । यसलाई नियन्त्रण गर्नेगरी छुट्टै संस्थागत संरचनाहरु नै बनाइएका हुन्छन् । हामी कहाँ यसलाई समेट्न सक्ने केही कानुन छन्, तर ती कानुनले यसलाई रोक्न सक्ने व्यवस्था गरेको छैन । Advertisement जस्तो कि संसद् नियमावलीले सांसहदरु स्वार्थ बाझिने काममा संलग्न हुनुहुँदैन त भन्छ,...
मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

देश, राजनीति, समाचार, सामाजिक
२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई नसमातिकन कुनै काम गराउन सकिन्न ।’ वीरगञ्ज महानगरपालिका कार्यालयले वीरगञ्ज–२६ सुगौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पटेलले कर्मचारीलाई पैसा दिएपछि भने जस्तोसुकै काम हुने गरेको आरोप लगाए । Advertisement सार्वजनिक सुनुवाइ सुरु हुनु अघि समयान्तर मिडिया प्रालिले नागरिक र बर्हिगमन अभिमत प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा नगरको सेवा प्रवाह राम्रो रहेको र थोरै मात्र सुधार गर्नुपर्ने निष्कर्ष आएक...
मकैमा अमेरिकी फौजीकीराको प्रकोप

मकैमा अमेरिकी फौजीकीराको प्रकोप

देश, समाचार, सामाजिक
जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो ।  कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो । उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।  Advertisement जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से छ हजार ७३ हेक्टरमा र हिउँदे चार हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उनले जानकारी दिए ।  विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले  फुल पार्ने र त्यो फुल लार्भा हुँ...
पेप्सीकोला–सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न

पेप्सीकोला–सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न

देश, समाचार
पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ ।  स्थानीयवासीले जग्गाको समेत मुआब्जा माग गरेर लामो समयसम्म पनि निर्माण अघि बढाउन नदिएकाले अवधि सकिँदा पनि सम्पन्न नभएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बीस मिटर चौडाइ कायम गर्ने गरी तीन वर्ष पहिले ठेक्का सम्झौता भए पनि त्यसअनुसार सडक खाली गराउन नसकिएको आयोजनाका सूचना अधिकरी लक्ष्मण देवकोटाले बताए ।  Advertisement बहाखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने थियो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको थिएन । निर्माणस्थल खाली नभएकै कारण लामो समयसम्म अवरुद्ध भए पनि गत वर्ष उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्...
पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

देश, समाचार, सामाजिक
पोखरा । महाशिवरात्रिको अवसरमा पोखरा र आसपास क्षेत्रमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बिहिबार बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।  विशेषरी वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् । Advertisement आज बिहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, छोरेपाटनको गुप्तेश्वर महादेव, विन्ध्यबासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् ।  ...
शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

देश, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटको रजत जयन्तीको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार दृढताका साथ लागिपर्ने बताएका हुन् । शैक्षिक क्षेत्रको विकासबाटै समृद्ध मुलुकको परिकल्पनाले सार्थकता पाउने भन्दै उनले शिक्षाको विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । Advertisement मुख्यमन्त्री पौडेलले निजी क्षेत्रबाट सञ्चालित इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पु¥याएको योगदानको प्रशंसासमेत गरे । इन्ष्टिच्युटले सफलतापूर्वक २५ औं वर्ष पार गरेकोमा शुभकामना व्यक्त गर्दै उनले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा अझ सशक्त रुपमा ...
संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल

संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल

देश, राजनीति, समाचार
२७ फागुन, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्‍याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए । Advertisement ०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकोे थियो । ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ । वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए । नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुह...
कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

देश, राजनीति, समाचार
२६ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली गरिब नभई बनाइएको बताएका छन् । कुनै वेला मुलुककै सम्पन्न शाली कर्णालीको भूमी अहिले गरिबीको चपेटामा परेको उनको तर्क छ । सुर्खेतको बुलबुले उद्यानमा बुधबारबाट देखिसुरु भएको कर्णाली उत्सवको दोस्रो संसकरणमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली एउटा इतिहास नै भएकाले त्यही अनुसार बुझ्नुपर्ने धारणा राखे । Advertisement ‘कर्णालीको इतिहास विशाल छ, कर्णालीसँग आफ्नै विशेष भाषा छ, संस्कृति छ, संस्कार छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले गरिबीको गीत गाइने कर्णाली कुनैवेला देशलाई नै खाद्यन्न दिन्थ्यो, कर्णाली गरिब थिएन्, गरिब बनाइयो ।’ मुख्यमन्त्री शाहीले कर्णालीलाई पछि पारियो भनेर सधैं केन्द्रलाई गाली गरेरमात्रै नहुने समेत धारणा राखे । ‘भो अब, कर्णाली पछि पारियो भनेर केन्द्रलाई गा...
हत्या अभियोगमा तीन पक्राउ

हत्या अभियोगमा तीन पक्राउ

देश, समाचार, सामाजिक
एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।      पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।  पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । Advertisement प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत...
प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

प्रदेश २ का पाँच प्रदेशसभा सदस्यद्वारा माओवादी केन्द्र छाड्ने संकेत

देश, राजनीति, समाचार, सामाजिक
जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परित्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए । प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ । Advertisement यस सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले यो छलफलको विषयवस्तु रहेकोले यसमा अहिले नै केही भन्नु उचित नरहेको बताए । आफू लगायत पार्टीका नेताहरु ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समी...