२०८१ जेष्ठ ५

फर्मासिष्ट र फार्मेसीले नाम अंकित एप्रोन अनिवार्य लगाउनुपर्ने

\

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले औषधि बिक्री वितरण गर्दा नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउन फर्मासिष्ट र फार्मेसी सहायकलाई आग्रह गरेको छ । 

परिषद्ले मंगलबार एक सूचना जारी गर्दै फर्मासिष्टलाई सेतो एप्रोनमा हरियो पृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित गरेर लगाउन निर्देशन दिएको छ । 


Advertisement


यस्तै फार्मेसी सहायकले सेतो एप्रोनमा निलो पृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित एप्रोन प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । फर्मासिष्ट तथा फार्मेसी सहायकले नाम अंकित एप्रोन प्रयोग नगरी औषधि बिक्री गरेको पाइएमा नियम विपरित हुने कुरा परिषद्द्वारा जारी  उल्लेख गरिएको सूचना भनिएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap