२०८३ बैशाख २६

Author: Raunak

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो

देश, समाचार
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ ।  राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए ।  Advertisement यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो सङ्ख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको ओलीले बताए । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ ।  त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताउनुभयो । पर्सा राष्ट्र...
कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपील

कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपील

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । Advertisement बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ । सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण ...
राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए । Advertisement २०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई  देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए । तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन् । शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनत...
मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

देश, समाचार, सामाजिक
गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ  । लु २३ प ५०५७ नम्बरको मोटरसाइकल  गुल्मीदरबार  गाउँपालिका  वडा नम्बर  ७ को  घुम्ती भन्दा  भित्री  सडकमा  दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर  खत्रीको ज्यान गएको हो  ।  Advertisement गौँडाकोटस्थित  गुल्मी दरवार  गाउँ पालिकाको  सार्वजनिक सुनुवाइ कार्यक्रममा  सहभागी  भइ साँझ घर  फर्किने  क्रममा  घुम्तीदेखि  भित्री  सडकमा  मोटरसाइकल दुर्घटना भएको  र  गम्भीर  घाइते  खत्रीलाई  जिल्ला  अस्पताल तम्घासमा साढे  ९  बजे  मृत  घोषणा गरिएको  जिल्ला  प्रहरी  कार्यालयका  प्रवक्ता डिएसपी  पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी  दिए ।  साभार: रातोपाटी ...
विप्लव राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्टोक्ति

विप्लव राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्टोक्ति

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ । शुक्रबार रातोपाटीमा ‘विप्लव कता गुमनाम’ शीर्षकमा समाचार प्रकाशित भएपछि शनिबार विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको छ ।  ‘हाम्रो पार्टी र महासचिव विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा जानकारी गराउँछौँ’, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट जारी भएको प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ ।’ Advertisement विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।  गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए...
भूमाफियाले कब्जा गरेका जग्गा सरकारले फिर्ता ल्याउने काम जारी छ : ईश्वर पोखरेल

भूमाफियाले कब्जा गरेका जग्गा सरकारले फिर्ता ल्याउने काम जारी छ : ईश्वर पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गाको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो । Advertisement २०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरका...
सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन्  : चित्रबहादुर केसी

सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन् : चित्रबहादुर केसी

देश, राजनीति, समाचार
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले  सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा  अलमल भएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘बाह्य शक्तिहरुले दलहरूको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए । Advertisement पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरूको सरकार फेरी बन्नुपर्ने बताए । उनले भने, ' ओली हटाएर फेरी वामपन्थीहरूको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरूको विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ ।' उनले जनताले दिएको म्यान्डेट अनुसार २०...
भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन

भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
नयाँ दिल्ली । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव देखिन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ । Advertisement खासगरी उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा दिनदिनै चिन्ताजनक अवस्था बढ्दो छ । भोपालका केही संगठनका अनुसार राजधानीमा ‘ग्यास त्रासदी’पछि पहिलो पटक यस्तो स्थिति देखिएको छ । पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशका जे परिदृश्य देखिएको छ, सरकारको दावी र तथ्याङ्कभन्दा निकै भिन्न छ । कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उनीहरुको परिवारले टोकन ...
महासंघको चुनावमा अध्यक्षमा हार ब्यहोरेका बुढाथोकीले सार्वजनिक गरे खर्च विवरण

महासंघको चुनावमा अध्यक्षमा हार ब्यहोरेका बुढाथोकीले सार्वजनिक गरे खर्च विवरण

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुन असफल भएका पत्रकार गजेन्द्र बुढाथोकीले चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नो फेसबुक पेजमार्फत उनले चुनावका लागि प्राप्त चन्दा सहयोग, त्यसबाट भएको खर्च र बचेको पैसामा थप गरेर स्पाइनल इन्जरी भएका बालबालिकालाई सहयोगको घोषणा गरेका छन् ।  Advertisement यस्तो छ उनको आम्दानी र खर्च विवरण उनले नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिँदा साथीहरुले रु १ सय रुपैयाँका दरले दिएको रकम ४२ हजार रुपैयाँ प्राप्त भएको उल्लेख गरेका छन् ।  उम्मेदवारी शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको जनाएका छन् । ट्याक्सी भाडा र स्टेशनरी लगायतमा ३६ हजार ४ सय खर्च भएको जानकारी दिएका छन् ।  उनले लेखेका छन्– ‘जतिसुकै किफायती गर्दा पनि मेरो शारीरिक अवस्थाका कारण ट्याक्सी रिजर्भमा लिनुपर...
प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई पुन नियुक्त, सपथग्रहण सुरु

प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई पुन नियुक्त, सपथग्रहण सुरु

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । Advertisement नवनियुक्त मन्त्रीहरुको अहिले राष्ट्रपति निवासमा सपथग्रहण चलिरहेको उनले बताए । माओवादी केन्द्रले दिएको सूचनाको आधारमा संघीय संसद सचिवालयले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व सांसदहरुलाई पदबाट हटाएको थियो ।  साभार: रातोपाटी ...