आजदेखि नागस्थानमा पनि ट्राफिक बत्ती
काठमाडौँ । काठमाडौँको नागस्थानमा आजदेखि ट्राफिक बत्ती सञ्चालमा आएको छ ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखा र राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरिएको हो ।
Advertisement
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा ट्राफिक बत्तीको उद्घाटन गरेका छन् ।
महाशाखाका एसएसपी भट्टराईले ट्राफिक बत्तीको उद्घाटन गर्दै भने, ‘ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएका छौं । प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुनेछ ।’
उनले अ...








