२०८३ बैशाख २७

Author: Raunak

Personality Profile : Biography of Educational Entrepreneur Rajan Shrestha (EN)

Personality Profile : Biography of Educational Entrepreneur Rajan Shrestha (EN)

अर्थतन्त्र, उद्यमशीलता, शिक्षा
(Published by Rula /Asian Awards) Short Introduction: I am RAJAN SHRESTHA. Also known as Dharatal, I am a 30-years-old man from Nepal. I was born as the second child of my parents on 17th May, 1990 and brought up in Budhanilkantha-13, Chunikhel, Tusal, Kathmandu. I was raised in typical socio-cultural community with less freedom and a lots of boundaries. I would like to thank my mom Chandra Maya Shrestha and dad Ramji Shrestha for the lesson of struggles they have taught and helped me grow myself day by day. I would also like to extend my sincere gratitude to my mom who made me a man of society and helped me stand back whenever I fell. Whatever I am today is due to her, no matter what. It would be unfair if I don’t mention here my better half, Dimpal Shrestha, my daughte...
सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन । Advertisement कार्ययोजनामा लेखिएको छ ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याउने ।’ यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालमा पनि अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप ...
सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

देश, राजनीति, समाचार
२३ वैशाख, काठमाडौं । केन्द्र सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ । कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसको समन्वयको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ । Advertisement कोरोना संक्रमणको महामारी समुदाय स्तरमा फैलिइसकेकाले यसको रोकथामका लागि सरकारले दैनिक निःसंक्रमण सहितको कार्ययोजना सार्वजनिक गरेको हो । तर केन्द्रले निःसंक्रमण कसरी गर्नेभन्ने विषयमा भने कुनै उल्लेख गरेको छैन । गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले...
विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

देश, समाचार, सामाजिक
२२ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । Advertisement सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् । हेर्नुहोस् प्रशासन कार्यालयको सूचना Credit: OnlineKhabar ...
राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न सम्पत्ति विवरण बुझाउनुपर्ने

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न सम्पत्ति विवरण बुझाउनुपर्ने

देश, राजनीति, समाचार
२२ वैशाख, काठमाडौं । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्दैछ । वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि रिक्त भएको ती पदमा उपनिर्वाचन हुन लागेको हो । Advertisement निर्वाचन आयोगले बनाएको राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशका २०७६ अनुसार यो उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले आफ्नो घर संख्या, घर रहेको स्थान, जग्गाको विवरण, कित्ता नम्बर र क्षेत्रफल खुलाउनुपर्नेछ । त्यस्तै उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्नेछ ...
कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ५, र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । Advertisement बुधबार बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरका ५२ वर्षीय पुरुष र पर्साको बहुदरमाई नगरपालिका– ३ कि ४५ वर्षीया महिलाको मृत्यु भएको हो । बुधबार दिउँसो १ः५० बजे वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनी वैशाख २० गते कोरोना संक्रमण पुष्टी भई होम आइसोलेसनमा थिए । को...
कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

आर्थिक, कर्पोरेट, देश, समाचार, सामाजिक
२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न भनिएको छ । भाइजरसहितको हेलमेट लगाउनेले भने फेससिल्ड लगाउनु पर्नेछैन । Advertisement कोरोना संक्रमण बढेपछि कञ्चनपुरमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न खरिद बिक्री गर्न पाइन्छ । उपभोग्य सामग्री खरिद गर्न जाँदा फेसशिल्ड, मास्क र ग्लोब्सको प्रयोग नगरी अटेर गर्नेलाई कानूनबमोजिम कारवा...
बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत पाटन नगरपालिका–१ क ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । Advertisement एक हप्ता अघि कोरोना संक्रमण देखिएकाउनीहोम आइसोलेसनमै बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो । उनी पेसाले शिक्षक रहेको अस्पतालले जनाएको छ। Credit: OnlineKhabar ...
हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, हेटौंडा । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका- ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ । मृतक मध्य हेटौंडाका चार र बाहिरी जिल्लाबाट उपचारका लागि आएका दुईजना रहेका छन् । Credit: OnlineKhabar ...
सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
२२ वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । Advertisement यस्तै चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ । देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले जनाएको छ । Credit: OnlineKhabar ...