२०८३ बैशाख २७

Author: Raunak

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा देउवाको आपत्ति

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा देउवाको आपत्ति

देश, राजनीति, समाचार
२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । Advertisement कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक भएको बताएका छन् । ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’ देउवाले भनेका छन् । यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार ...
बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

देश, समाचार
२१ वैशाख, वीरगञ्ज । बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । Advertisement नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स्वास्थ्यमा समस्या आएपछि दुई दिन अघि कोरोना अस्पतालको इमर्जेन्सी वार्डमा उनी भर्ना भएका थिए । भोलिपल्ट गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका अनुसार उनी मधुमेहका बिरामी समेत थिए । Credit: OnlineKhabar ...
कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ का मन्त्रीलाई जिल्लागत जिम्मेवारी

कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ का मन्त्रीलाई जिल्लागत जिम्मेवारी

देश, राजनीति, समाचार
२० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि समन्वय गर्ने उद्देश्यले जिल्लागत रुपमा मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल पर्सन तोकेको हो । Advertisement जसअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई सप्तरी, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई सिरहा, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई धनुषा र महोत्तरी, उद्योग पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई सर्लाही र रौतहट तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई बारा र पर्साको जिम्मेवारी दिइएको छ । जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला र प्रदेश सरकार बीच कोरोना महामारी नियन्त्रणक...
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । Advertisement निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । Credit: OnlineKhabar ...
सरकारले अझै बोलाएन बजेट अधिवेशन

सरकारले अझै बोलाएन बजेट अधिवेशन

देश, राजनीति, समाचार
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन अब एक महिना पनि बाँकी छैन । तर, बजेटबारे छलफल हुने अधिवेशनको भने टुंगो छैन । पछिल्लो तरल राजनीतिका कारण अधिबेशनमा सरकारले जोड दिएको छैन । Advertisement यद्यपि,अर्थ मन्त्रालयका अधिकारी भने अधिवेशन गर्न अझै ढिला नभइसकको बताउँछन् । अर्थकै एक अधिकारी गत वर्ष बैशाख २६ देखि बजेट अधिवेशन भएको आधारमा पनि बजेट अधिवेशन आह्वान गर्न ढिला भइनसकेको बताउँछन् । सरकारले बजेट पेश गर्नुपूर्व वार्षिक नीति तथा कार्यक्रम पेश गर्छ । यस आधारमा पनि बजेट अधिवेशन समयमै हुँदा यस विषयमा पर्याप्त छलफल हुन पाउने अधिकारीहरु बताउँछन् ।  यता अर्थमन्त्री विष्णु पौडेलले भने विभिन्न राजनीतिक दल, पेशागत संस्था लगायतसँग बजेटका विषयमा सुझाव लिएका छन् । कोरोना माहामारीका कारण यसपटक पनि स्वास्थ्य र पुनरुत्थानमा बजेट केन्द्रित हुनुपर्ने ...
कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो ।  Advertisement सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयानुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र  असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वीकृत गरिएको छ । त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री केसीले जानकारी दिए । साभार: रातोपाट...
महन्थले सुरु गरे हस्ताक्षर अभियान, सांसद र केन्द्रीय सदस्यलाई तुरुन्त काठमाडौँ आउन टेलिफोन

महन्थले सुरु गरे हस्ताक्षर अभियान, सांसद र केन्द्रीय सदस्यलाई तुरुन्त काठमाडौँ आउन टेलिफोन

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको व्यस्तता एकाएक बढेको छ । केपी ओलीसँग नरम देखिएको जसपा (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । काठमाडौँमा रहेका कार्यकारिणी सदस्य तथा सांसदको हस्ताक्षर संकलन सुरु भएको छ भने उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई आज साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको छ । Advertisement जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले (महन्थ ठाकुर निकट) पार्टीका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरुलाई फोन गरेर जानकारी संकलन गरिरहेको जसपाका एक सांसदले बताए । उनले भने, प्रदीप पाठकजीले मलाई फोन गर्नुभएको थियो, कहाँ हुनुहुन्छ सोध्नुभयो, मैले गाउँमा छु भन्...
गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा थप ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार प्रदेशको राजधानी पोखरामा ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलोपटक हो । Advertisement पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।   योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्य...
अब खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिइने

अब खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिइने

देश, राजनीति, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो ।  Advertisement काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे भोलि पुनः बैठक बसेर निर्णय लिइने रातोपाटीलाई बताए ।  हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ । पछिल्लो समय उपत्यकामा संक्रमणको फैलावट तीव्र बन्दै जाँदा मोबिलिटी कम गर्न प्रशासनले निषेध...
सुदूरपश्चिममा एक हप्तामा ४३ सङ्क्रमितको मृत्यु

सुदूरपश्चिममा एक हप्तामा ४३ सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।  निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । Advertisement यसैगरी भारतबाट रोजगारी गरी घर फर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना क...