२०८३ बैशाख २७

Author: Raunak

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

देश, राजनीति, समाचार
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । Advertisement सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले भने, ‘आजको क्याबिनेट मिटिङ आकस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले तत्काल बस्नुपर्यो होला ।’ प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । Credit: OnlineKhabar ...
सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

देश, समाचार
२४ वैशाख, काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले बताएको छ । बीबीसीसहित अन्तर्राष्ट्रिय संचारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै समाचार प्रकाशन–प्रसारण गरेका थिए । Advertisement संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड-१९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले भनेको छ, ‘सम्पर्क अधिकृतले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।’ अहिलेसम्म ७४५ अनुमति प्राप्त आरोहीमध्ये कुनै पनि कम्पनी वा आरोहण दलको सरदारबाट टीमको कुनै पनि सदस्य कोरोना संक्रमित भई आरोहण अभ...
सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

देश, समाचार
२४ वैशाख, काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ । Advertisement सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । यसअनुसार अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा समेत छन् । उनी २५ औं पटक चुचुरोमा पुगेका छन् । Credit: OnlineKhabar ...
कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । Advertisement प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ जना रहेका छन् । शुक्रबार सुर्खेतमा थप २७३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालमा ...
पार्टी एकता जोगाउन गण्डकीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह

पार्टी एकता जोगाउन गण्डकीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह

देश, राजनीति, समाचार
२४ वैशाख, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् । ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख छ । Advertisement नेताहरु बसेर छलफल गर्दा पार्टीको एकता जोगिने संभावना रहेकाले संयुक्त आग्रह गरेको लमजुङका अध्यक्ष धनञ्जय दवाडीले अनलाइनखबरलाई बताए । ‘अहिलेको आवश्यकता पार्टी एकता नै भएकाले आग्रह गरेका हौं । एकैठाउँ बस्नुको विकल्प छैन’, उनले भने । दवाडीसहित कास्कीका कृष्णबहादुर थापा, तनहुँक...
कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् । Advertisement उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । ...
पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए । ‘नीजि अस्पतालहरुमा उपचारका लागि जाँदा १ लाख रुपैयाँ त डिपोजिट नै माग्छन्, कोरोना संक्रमण भईहाले गरिबले उपचार पाउन नसक्ने अवस्था छ ।’ Advertisement उनले भने ‘त्यसैले गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेर राखेको छ । त्यहाँ खाना खाजाको सुविधा सहित निशुल्क उपचार पनि गर्छौ ।’ आइसोलेसन सेन्टरमा २ वटा मात्रै अक्सिजन सिलिण्डर छ । ४ वटासम्म जोहो गर्न सकेको खण्डमा अत्यावश्यक पर्द...
पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ । Advertisement नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि उपचार र जिल्लाभित्र कोभिड १९ को उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट भएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए । ‘पचरुखीमा १५ बेडको आइसोलेसन सेन्टर बनाउँछौं, औषधि उपचार सेवा निःशुल्क हुन्छ, अन्यत्र रिफर गर्नुपर्ने अवस्था आए एम्बुलेन्समै पु¥याउँछौं ।’ उनले भने ‘कोभिड महामारीमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर संक्रमित हुँदै नहुने अवस्था सिर्जना ग...
प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन

देश, राजनीति, समाचार
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको पनि त्यसै दिन छिनोफानो हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि १५ वैशाखमै मतदान गर्ने कार्यसूची थियो । तर आफ्नो पार्टीका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले मतदान रोक्न माग गर्दै निवेदन सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । अविश्वासको प्रस्ताव फेल हुने देखेपछि सभामुखले सुनियोजित रुपमा बैठक स्थगित गरेको भन्दै सत्तारुढ नेकपा एमालेले अब प्...
सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

देश, राजनीति, समाचार
२३ वैशाख, काठमाडौं । केन्द्र सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ । कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसको समन्वयको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ । Advertisement कोरोना संक्रमणको महामारी समुदाय स्तरमा फैलिइसकेकाले यसको रोकथामका लागि सरकारले दैनिक निःसंक्रमण सहितको कार्ययोजना सार्वजनिक गरेको हो । तर केन्द्रले निःसंक्रमण कसरी गर्नेभन्ने विषयमा भने कुनै उल्लेख गरेको छैन । गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले...