२०८३ बैशाख २७

Author: Raunak

बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

देश, राजनीति, समाचार
बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।  Advertisement तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् । अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठ...
जसपा सांसदहरु कसरी पुगे भक्तपुरको रिसोर्टमा ?

जसपा सांसदहरु कसरी पुगे भक्तपुरको रिसोर्टमा ?

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्ट लगेको खबर बिहीबार निकै चर्चाको विषय बन्यो । नयाँ सरकार गठनका लागि आवेदन दिने अन्तिम दिन जसपाका सांसदहरु एकाएक रिसोर्टमा पुगेको खबर फैलिएपछि त्यसलाई निकै चासोका साथ हेरिएको थियो । आफ्ना पक्षका सांसदको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सकेपछि सांसदहरु अन्यत्र कतै नजाओस् भनेर अध्यक्ष ठाकुरले आफ्ना पक्षका १९ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर ‘लञ्च’ खुवाएका हुन् । जसपा नेपालका सांसद उमाशंकर अरगरियाले रातोपाटीसँग भने, ‘नेपाली काँग्रेससँग छलफल गरेर आएपछि अध्यक्ष ठाकुरले सबै सांसदलाई बबरमहल पार्टी कार्यालय बोलाउनु भएको थियो । नेपाली काँग्रेससँग भएको छलफलबारे ब्रिफिङ गर्नुको साथै सबै सांसदलाई तटस्थ रहन आग्रह गर्नुभएको थियो ।’ Advertisement विगतमा स...
वाङ्‍मय शताब्दी पुरुष जोशीलाई दीर्घायुको कामना

वाङ्‍मय शताब्दी पुरुष जोशीलाई दीर्घायुको कामना

देश, समाचार
ललितपुर । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आज वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा  सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरे । Advertisement नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताए । उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।”  बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका थिए । जोशीलाई फोन मार्फत पनि शुभकामना आइरहेको छ । आजका दिनसम्म कुनै रोगले समाति नसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उनले बताए । जोशीले नेपाली भाषा, कला र  संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । जीवनमा तीन पटक मदन पुरस्क...
हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । Advertisement हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।  उनीहरु केही दिनअघि संक्रमणका कारण विरामी भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साभार: रातोपाटी...
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

समाचार, सामाजिक
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।  कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् ।  Advertisement कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् । मृतक धमला ओखलढुंगाका हुन् । ...
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।  भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।  Advertisement यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहा...
शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

देश, समाचार, सामाजिक, स्वास्थ्य
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।  गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको  जनाइएको छ । निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए ।  Advertisement उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ । एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै न...
गण्डकी प्रदेश : प्रदेश प्रमुखको व्यवहारप्रति दलहरु असन्तुष्ट

गण्डकी प्रदेश : प्रदेश प्रमुखको व्यवहारप्रति दलहरु असन्तुष्ट

देश, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेश प्रमुखले निर्वाह गरेको भूमिकाप्रति विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन् । बुधबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले प्रदेशसभामा ठुलो दलको हैसियतले एमालेलाई सरकार गठनका लागि निम्त्याएकोमा विपक्षी दलहरुले आपत्ति जनाएका हुन् । ​नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखको भूमिका संविधान सम्मत नदेखिएको गुनासो गरेका छन् । नेपाली काँग्रेसका सांसद कुमार खड्काले संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसको सामना गर्न डराएर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएको स्मरण गर्दै त्यसयता पनि विभिन्न जालझेल हुँदै आएको बताए । Advertisement प्रदेश प्रमुखले आह्वान गरे बमोजिम हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा पुग्दा दलहरूलाई अमर्यादित व्यवहार गरिएको सांसद खड्काको गुनासो छ । ‘हामी प्रदेश प्रमुखको कार्यालयमा निव...
भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सत्ता समीकरणका लागि यतिबेला रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको प्रयासमा छन् । तर, जसपा नेपालभित्रको अन्तरद्वन्द्वले देउवाको सत्तारोहण कठिन देखिन थालेको छ । Advertisement भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि नेपालमा अर्को राजनीतिक अस्थिरताको शुरुवात भएको विश्लेषण गरेको छ । पत्रिकाले एक सम्पादकीय लेख्दै भनेको छ, ‘वैकल्पिक सरकार गठनका लागि काँग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपा एक ठाउँमा आउन जरुरी छ । तर, जसपा यतिबेला विभाजित छ । महन्थ ठाकुरको नेतृत्वमा एक पक्षले यतिबेला ओली र देउवा दुवैसँग समदूरीमा बस्ने नीति अख्तियार गरेको छ ।’ पत्रिकाका अनुस...
घनश्याम भुसालको उद्घोष–हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

घनश्याम भुसालको उद्घोष–हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

देश, राजनीति, समाचार
एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।  एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’ वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।  Advertisement ...