२०८३ बैशाख २७

Author: Raunak

सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् । Advertisement सम्झौतापत्रमा द्रुतमार्गतर्फबाट आयोजना प्रमुख एवं सहायकरथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज एकका लागि कार्यकारी निर्देशक सु यान र प्याकेज २ का  प्रोजेक्ट प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरे । सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियम...
६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् ।  प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । Advertisement आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, प...
चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

देश, समाचार, सामाजिक, स्वास्थ्य
चौतर्फी आलोचना भएपछि कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको प्रदेश अस्पताल सुर्खेतले २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । आजै एक विज्ञप्ति जारी गर्दै  कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । Advertisement उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भइ अझ मेहनतका साथ काम गर्नु पर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित श्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भईरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरूबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न अनुरोध गर्दछौँ ।’ ...
पोखरामा निषेधाज्ञामा थप कडाइ, ५ सय पैदलयात्री नियन्त्रणमा

पोखरामा निषेधाज्ञामा थप कडाइ, ५ सय पैदलयात्री नियन्त्रणमा

देश, समाचार
कोरोना संक्रमण तीव्र बनेपछि कास्कीमा निषेधाज्ञामा थप कडाइ गरिएको छ । शनिबारदेखि जिल्ला प्रशासन कार्यलयले एक साताका लागि थप गरेको निषेधाज्ञामा केही परिवर्तन गर्दै कडाइ गरेको हो ।  निषेधाज्ञा थप गरेसँगै प्रशासनले पोखरामा अनावश्यक हिँडडुलमा कडाइ गरेको छ ।  Advertisement उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी र श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खान बस्नका लागि व्यवस्था गर्न सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ । विभिन्न उद्योग धन्दा र निर्माण कार्यमा संलग्न मजदुरलाई आज पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेशका वारे र कोरोना संक्रमणको जोखिम लगायतका वारेमा सम्झाएर पठाइएको प्रहरीले जनाएको छ । पोखराका विभिन्न भागबाट निषेधाज्ञा उल्लंघन गर्ने ४९५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी...
महन्थ–राजेन्द्रलाई कारबाही गर्ने चेतावनी

महन्थ–राजेन्द्रलाई कारबाही गर्ने चेतावनी

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।  शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए । उनले भने,  ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’ Advertisement सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता च...
निषेधाज्ञाको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण

निषेधाज्ञाको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण

देश, समाचार, सामाजिक
 कोरोना महामारी तथा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका बाबजुद प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेताले गुठीको जग्गा कब्जा गरी भवन निर्माण थालेका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी सत्ताको आडमा दुई कोठे पक्की घर निर्माण कार्य भएको हो । Advertisement क्लोथ बैंक धनुषाका अध्यक्षसमेत रहेका जसपा नेपालका स्थानीय नेता राजीव झाले ऐतिहासिक तथा धार्मिक तिरहुतिया गाछीको १० धुर जग्गामा अवैधानिकरुपमा दुई कोठे पक्की भवन निर्माण गराएका हुन् । युवा अभियन्ता सुशिल कर्णले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जग्गा अतिक्रमण गरी भवन निर्माण भईरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकामा निर्माण कार्य बन्द गराउन निवेदन दिएका थिए । गुठी संस्थान अन्तर्गत...
आफ्नै पार्टीका नेताहरुलाई उपेन्द्र यादवको प्रश्न– प्रधानमन्त्री ओलीले मधेसका के-के माग पूरा गरिदिए ?

आफ्नै पार्टीका नेताहरुलाई उपेन्द्र यादवको प्रश्न– प्रधानमन्त्री ओलीले मधेसका के-के माग पूरा गरिदिए ?

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतालाई भ्रममा पारेको दावी गरेका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीबाट मधेसका माग पूरा भएको र अन्य मागसमेत पूरा गर्न लागेको प्रतिकृया दिइरहेको बेला अर्का अध्यक्ष यादवले मधेसका के के माग पूरा भए भन्नेबारे प्रस्ट पार्न चुनौतीसमेत दिएका छन् । Advertisement उनले मधेसका माग १२ बुँदामा लिपिबद्ध गर्दै तीमध्ये प्रधानमन्त्री ओलीले कुन कुन माग पूरा गरे भन्नेबारे प्रस्ट पार्न मधेसी नेताहरुलाई चुनौती दिएका हुन् । अध्यक्ष यादवले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नु पर्छ कि यीमध्ये कुन कुन माग प...
प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
विराटनगर । गत शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ४१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक ल्याबमा पठायो । आइतबार प्राप्त रिपोर्टमा ४१ मध्ये ४० जनामा कोरोना संक्रमण देखिएको उल्लेख थियो । ‘रिपोर्ट हेरेर अचम्मित भयौं,’ इटहरी अस्पतालका इमर्जेन्सी विभाग संयोजक रामकुमार धमलाले भने, ‘पीसीआर परीक्षणका लागि संकलित स्वाब शत प्रतिशतजस्तै पोजेटिभ रिजल्ट आयो ।’ इटहरी उपमहानगरपालिकाको नगरस्तरीय आइसोलेसन संयोजकसमेत रहेका धमलाले त्यसपछिका दिनमा प्रायः पीसीआरका लागि पठाइएको स्वाबको रिजल्ट शत प्रतिशत पोजेटिभ आउने क्रम जारी रहेको बताए ।  Advertisement इटहरी क्षेत्रमा गएको दुई हप्तामा संक्रमण दर उच्च भएको बताउँदै धमलाले दोश्रो लहर सुरु भएसँगै इटहरी क्षेत्रमा मात्र संक्रमित हुनेको संख्या ७१३ जना पुगेको बताए । कुल ...
हाम्राे पुरानै अडान यथावत छ : माधव नेपाल

हाम्राे पुरानै अडान यथावत छ : माधव नेपाल

देश, राजनीति, समाचार
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताएका छन् ।  । पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताएका हुन् । उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए । Advertisement उनले भने “ फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।” अध्यक्ष ओलीले म...
उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री

उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री

देश, राजनीति, समाचार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् ।  शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।  ‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने,  ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’ Advertisement उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सका...