२०८३ बैशाख २७

Author: Raunak

चितवनमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

चितवनमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । Advertisement यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई...
काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका  अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ ।  कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो । Advertisement स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को, आर्मी अस्पताल र धुलिखेल अस्पताल काभ्रेमा कोभिड ओपिडीको व्यवस्थापन गरिएको हो ।  अस्पतालले कोभिडका बिरामी जाँचेर सामान्य भएमा होम आइसोलेशनमा पठाउने गर्छ । यदि संक्रमितलाई अक्सिजन आवश्यकता परेमा ओपिडीमै ह...
महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

देश, राजनीति, समाचार
विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ । यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो ।  तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।  Advertisement सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई चिरा भएको छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नु हुँदैन पक्षमा अध्यक्ष महन्थ ठाकुर छन् भने उनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उपेन्द्र यादव रहेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा उपेन्द्र यादवले आफ्ना १५ जना सांसदसहित विपक्षमा मतदान ...
भीम रावलले भने– पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ

भीम रावलले भने– पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ

देश, राजनीति, समाचार
नेकपा एमालेका नेता भिम रावलले पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा पार्टी एकता एवं देशको हितका निम्ति पुरा प्रयास गर्ने बताएका छन् ।  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको छलफलमा एमाले विवाद समाधान गर्न रावलसहित १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदल घोषणा भएपछि आइतबार साँझ नेता रावलले ट्वीटरमार्फत आफुले नेकपा एमालेको पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान र नियमावलीअनुसार जेठ २ को स्थितिमा अघि बढ्नुपर्ने भनेर आफुले फागुन २३ लगत्तै भनेको स्मरण गराएका छन् ।  Advertisement ‘नेकपा(एमाले)को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ’ ...
कैलालीमा एक महिनामा २ सय कोरोना संक्रमितको मृत्यु

कैलालीमा एक महिनामा २ सय कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ ।  Advertisement जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण  वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये तीन गाउँपालिका महोन्याल, चुरे र कैलारी बाहेकका र अन्य जिल्लाबाट पठाइएका गरी उपचारका लागि कैलाली आएका ३९ सहित यस अवधि...
गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । उनका अनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेहरुमा सबैभन्दा बढी स्याङजाका रहेका छन् । पछिल्लो २४ घन्टामा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ २,नवलपरासीका २ सहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेका छन् ।  Advertisement पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक...
गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गुल्मीमा आइतबार एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाको कालिगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको आइतबार बिहान स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ । Advertisement त्यस्तै रेसुङ्गा नगरपालिका–२ की ७५ वर्षीय महिलाको गुल्मी अस्पतालमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । सोही अस्पतालमा धुर्कोट गाउँपालिका–२ का ३३ वर्षीय पुरुष र इस्मा गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको उक्त अस्पतालबाट जारी सूचनामा उल्लेख छ । यस्तै, रेसुङ्गा नगरपालिका–१ की ६६ वर्षीय महिला र सोही नगरपालिका– का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने मालिका गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको सैनिक अस्पाल...
प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

विदेश / एन.आर.एन, समाचार, सामाजिक
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् ।  गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनका लागि आश्रयस्थलको खोजीमा भागेका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो संघर्ष समाप्त गर्न आव्हान गरिरहेको छ । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई फोन गरेर जारी हिंसाबारे चिन्ता प्रकट गरेका थिए ।  Advertisement ...
लुम्बिनी प्रदेशमा ९ सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा ९ सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । Advertisement यसैगरी ...
कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

कोरोनाबारे १२२ नागरिक अगुवाको ध्यानाकर्षण

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नागरिक अगुवाहरुले कोरोना भाइरस (कोभिड १९) महामारीबाट मुलुकको अवस्था भयावह बन्दै गएको भन्दै सर्वसाधारणको जीवन रक्षा गर्न अपिल गरेका छन् ।  १२२ वटा नागरिक अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार लगायत संवैधानिक निकायहरुको जवाफदेहिता माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा कोभिड १९ को दोश्रो लहरबाट हजारौं नागरिकहरुका साथै नेपालमा बसोबास गर्ने व्यक्तिहरु आक्रान्त भैरहेको बताउँदै पछिल्लो परिस्थितिले सबैलाई शोकाकुल, निराश र हतास बनाएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छः ‘यस्तो गम्भीर स्वास्थ्य संकटको अवस्थामा नागरिकले एकातिर स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुन पाइरहेका छन् भने अर्कोतिर जीवनका लागि अत्यावश्यक अक्सिजनको अभावले गर्दा नागरिकको मृत्यु भैरहेको छ । यस्तो अवस्थामा सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्नु हो ।’ ...