२०८२ माघ १८

Author: Raunak

खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० जेठ, सप्तरी । डाक्नेश्वरी नगरपालिकामा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साबिक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए । Advertisement स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
बाँकेमा थप ७ जना संक्रमितको मृत्‍यु

बाँकेमा थप ७ जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० जेठ, काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् । Advertisement भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र बढैयाताल गाउँपालिका-३ बर्दियाकै ५५ वर्षीय पुरूषको बुधबार राति ११: ४० बजे मृत्‍यु भएको छ । यस्तै बाँसगढी गाउँपालिका- ६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो २:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्‍यु भएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा बुधबार राति ...
रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

देश, समाचार, सामाजिक
२० जेठ, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा एग्रोभेट पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । Advertisement यस्तै मल बिउ लगायत कृषिसँग सम्बन्धित वस्तुको बिक्री र उत्पादनलाई खुकुलो गरिएको तामाङले जानकारी दिए । निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टिन, फोहोरमैला, व्यवस्थ...
राक्सिराङ गाउँपालिकाका १ हजार घरपरिवारलाई खाद्यान्‍न सहयोग

राक्सिराङ गाउँपालिकाका १ हजार घरपरिवारलाई खाद्यान्‍न सहयोग

देश, समाचार, सामाजिक
२० जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो । Advertisement राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसको ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई उक्त सामागी सहयोग गरिएको छ । हस्तान्तरण गर्दै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा ...
चिनियाँ खोपले ब्राजिलमा जगाएको आशा

चिनियाँ खोपले ब्राजिलमा जगाएको आशा

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
२० जेठ, काठमाडौं । ब्राजिलको एक सहरमा गरिएको एक परीक्षणले चिनियाँ खोप कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य गर्न महत्वपूर्ण बन्न सक्ने देखाएको छ । यो परीक्षण कोरोनाले सबभन्दा धेरै प्रभावित मुलुकमध्येकको एक ब्राजिलको दक्षिणपूर्वी सहर सेरानामा गरिएको हो । Advertisement यो सहरको जनसंख्या ४५ हजार छ । अहिले नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य कमी आएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा ९५ प्रतिशतको कमी आएको छ । यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो । वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् । यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो । शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरो...
घट्दै सक्रिय संक्रमित : ५३१६ संक्रमित थपिँदा ७२१९ जना निको भए

घट्दै सक्रिय संक्रमित : ५३१६ संक्रमित थपिँदा ७२१९ जना निको भए

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जम्मा १६ हजार ८७८ जनाको परीक्षण गरिएको थियो जसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् । Advertisement योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ । सक्रिय संक्रमित मध्ये ९५ हजार १३१ होम आइसोलेसनमा, ६ हजार ८६२ संस्थागत आइसोलेसनमा, १ हजार ४४६ जना आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन् । नयाँ संक्रमितभन्दा निको हुने बढ्न थालेपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । यो...
निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढाँचा मिलेन

निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढाँचा मिलेन

देश, राजनीति, समाचार
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीकाे ढाँचाअनुसार नमिलेको बताएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । Advertisement आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन गरेको आग्रह गरेकोमा छानविन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उप नियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ...
गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसदको ३ थरि कुरा !

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसदको ३ थरि कुरा !

देश, राजनीति, समाचार
१९ जेठ, पोखरा । गण्डकी प्रदेश सभामा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय जनमोर्चाका ३ सांसदले तीनथरि धारणा राखे । अधिवेशनको पहिलो दिन बोलेकी संसदीय दलकी नेता पियारी थापाले एमाले नेतृत्वको सरकारको विरोध गरिन् । अल्पमतको सरकारले बजेट ल्याउन लागेको भन्दै उनले सुझाव दिनै अस्वीकार गरिन् । बरु केन्द्र सरकारले ल्याएको बजेटमाथि समीक्षा गरिन् र कोभिड महामारी नियन्त्रणमा प्रदेश सरकार चुकेको धारणा राखिन् । Advertisement सभा सुरु भएको तेस्रो दिनमा दलका नेताबाट निलम्बित सांसद कृष्ण थापाले भनाइ राखे । उनले पनि विनियोजन विधेयकमाथि धारणा रखेनन् बरु सरकारको बचाउ गर्दै विपक्षी गठबन्धनमाथि खनिए । उनले विपक्षीहरु सत्तामा जान प्रदेशलाई निर्दलीयतातर्फ लगेको आरोप लगाए । ‘गण्डकी प्रदेशमा आफू सत्तामा जानको लागि अर्को पक्षलाई हटाउन निर्दलीययता अपनाउँदै हुनुहुन्...
केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

देश, राजनीति, समाचार
१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा सहभागी नेता जयन्ती राईका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो । Advertisement ‘हामी पनि एकताको विपक्षमा छैनौं । तर केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुन्न भन्ने धेरैजसो सहभागीहरुले सुझाव दिएका छौं,’ राईले भनिन् । बैठकमा अध्यक्ष ओली निक...
समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

देश, राजनीति, समाचार
१९ जेठ, विराटनगर । समयमा प्रदेशसभा अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । Advertisement प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने प्रावधान छ । तर सरकारले बजेट पेश गर्ने मिति असार १ को १५ दिनअघि प्रदेशसभा अधिवेशन नबोलाएपछि ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीका अनुसार कार्यविधिमा उल्लेख भएको १५ दिनअघि छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ । कोरोना महामारीका कारण तोकिएको समयमा प्रदेशसभामा छलफल गर्न सक्ने अवस्था नरहेकाले...