२०८१ जेष्ठ ५

Author: Raunak

कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

देश, समाचार, सामाजिक
१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो । Advertisement सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ । धेरै कटान हुँदा कोशीले धार परिवर्तन गरी वेलकाको वडा नम्बर २, ३, ८ र ९ का तटीय क्षेत्रमा रहेको वस्ती डुबानमा पर्ने जोखिम थियो । त्यस क्षेत्रमा करिब ८ सय घरधुरीको बसोबास रहेको छ । अवलोकन पछि गृहमन्त्री खाँडले थप कटान हुन नदिन रोकथामका कामहरु गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिलाई गम्भीर भएर काम गर्न उनले भनेका छन् । स्थानीय समु...
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

देश, समाचार
१९ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । Advertisement यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन् । थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए । पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । Credit: OnlineKhabar ...
एकीकृत समाजवादी रोजे शाक्य र आचार्यको मुख्यमन्त्री पद जोगिन्छ : नेतृ झाँक्री

एकीकृत समाजवादी रोजे शाक्य र आचार्यको मुख्यमन्त्री पद जोगिन्छ : नेतृ झाँक्री

देश, राजनीति, समाचार
१९ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताएकी छन् । शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । ‘दल छान्ने अधिकार २३ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिन कोशिस गर्छौं’ नेतृ झाँक्रीले भनिन् । Advertisement नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् । ‘उहाँहरु दल त्याग गरेर हाम्रो पार्टीमा आउनुभएन भने विश्वासको मत लिनुपर्ने हुन्छ, त्यतिबेला उहाँहरु अल्पमतमा पर्नुहुन्छ’ उनले...
रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

देश, राजनीति, समाचार
रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । नेकपा एकीकृत समाजवादीका प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहटमा एमालेको कमिटी नै नेकपा एकीकृत समाजवादीमा विलय भइरहेको बताए । सो पार्टीको जिल्ला कार्यसमिति रौतहटले शुक्रबार सदरमुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेकपा एमालेको ७१ जना जिल्ला कार्यसमिति सदस्यमध्ये ६१ जना नेकपा एकीकृत समाजवादीमा आउनु पार्टी नै विलय सरह भएको बताए । Advertisement उनले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेर नयाँ दल गठन गरिएको भन्दै नेकपा एकीकृत समाजवादीप्रति कार्यकर्ताहरूको आकर्षण बढेको बताए । माधवकुमार नेपालको अध्यक्षतामा गठन भए...
संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र धरापमा : कमल थापा

संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र धरापमा : कमल थापा

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र नै धरापमा परेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले प्रजातन्त्रलाई नै कमजोर पार्ने गरि राजनीतिक पार्टीहरू संवैधानिक अंग कब्जा गर्ने नीतिमा लागेको आरोप लगाए । उनले हरेक क्षेत्रलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदा कानुनी राज्यको उपहास र दुरुपयोग भएको बताए । सरकारबाटै यस्तो हुनु नाजायज काम भएको भन्दै उनले आम जनताले यसको नियन्त्रणका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए । Advertisement अध्यक्ष थापाले राजनीति समाजसेवाभन्दा पनि व्यापारको रुपमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरे । राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताए । व...
सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्दै

सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्दै

देश, शिक्षा, समाचार
सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् । त्यसका लागि शुक्रबार  बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनले भने, ‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो ।’ विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिने उनले बताए । Advertisement सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडज...
गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
उनकाअनुसार कास्की ८५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ५, पर्वत २, गोरखा ९,लमजुङ १०, तनहुँमा १० र नवलपरासी पूर्वमा १३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार १४९ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ का ८१ वर्षीय पुरुष, पोखरा–२६ का ४४ वर्षीय पुरुष, पोखरा–१२ की ८४ वर्षीय महिला, पर्वत कुश्मा–३ का ७५ वर्षीय पुरुष र तनहुँ ब्यास–३ की ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०६ पुगेको छ । Advertisement गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ९२३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३४४ पुगेको छ ।  गण्डकीमा सक्रिय क...
दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

देश, समाचार, सामाजिक
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमा बुझाएको थियो ।  Advertisement उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको दे...
काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधन

काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो । Advertisement विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले  जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।  नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्...
दार्चुला घटनाको प्रतिवेदनबारे भारतले भन्यो : कुनै खबर छैन

दार्चुला घटनाको प्रतिवेदनबारे भारतले भन्यो : कुनै खबर छैन

देश, विदेश / एन.आर.एन, समाचार
१७ भदौ, काठमाडौं । दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे । Advertisement ‘यो त आरोप न हो । मैले मिडिया रिपोर्ट देखेको हुँ । यस विषयमा हामीलाई कुनै खबर आएको छैन, यस विषयमा विस्तृत जानकारी मेरो सामू आएको छैन् । आन्तरिक छानबिनबारे मसँग जानकारी छैन’ उनले भने । दार्चुलाको ब्याँस गाउँपालिका-२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्...