२०८१ बैशाख २५

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

१९ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


Advertisement


यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन् । थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap