२०८३ बैशाख २१

Author: Raunak

बनेपा बन्यो  काभ्रेको कोरोना ‘हट–स्पट’

बनेपा बन्यो काभ्रेको कोरोना ‘हट–स्पट’

देश, समाचार, स्वास्थ्य
काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । हालसम्म बनेपाका २९२  पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय सङ्क्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना सङ्क्रमण देखिएको हो ।  बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रे...
आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।” अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा.राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइ...
सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा  आग्रह गरियो

सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आयोद्वारा आग्रह गरियो

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सरकारी अस्पतालले ‘कोरोना सङ्क्रमण भई उपचारत बिरामीले यही कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने’ भनी सूचना प्रकाशित गरेकोप्रति ध्यानाकर्षण जनाउँदै सो आग्रह गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिडका बिरामीको उपचार खर्च नब्योहोर्ने, सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसमेत नगर्ने र सम्बन्धित व्यक्ति...
लोक सेवा आयोद्वारा  स्थगित गरियो लिखित परीक्षा

लोक सेवा आयोद्वारा स्थगित गरियो लिखित परीक्षा

देश, शिक्षा, समाचार
३ कात्तिक, काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । Advertisement परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । ...
गण्डकी प्रदेशको विकास समिति सभापतिलाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशको विकास समिति सभापतिलाई कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
४ कात्तिक, पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि स्वाब दिएका सांसद कोइरालाको आज पोजेटिभ रिपोर्ट आएको हो । केही दिनअघि चितवनबाट फर्किएका कोइरालासँगै उनका सवारी चालकमा पनि कोराना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि कोइराला सेल्फ आइसोलेसनमा बसेका छन् । कन्ट्याक ट्रेसिङमा हुनेहरूको लिस्ट तयार हुँदैछ । Advertisement ‘एक दिन कोरोना संक्रमणले छुन सक्छ भन्ने मानसिक हिसाबले तयार थियौं । निरन्तर काम र विभिन्न बैठकमा सहभागी भइरहेका थियौं,’ सभापति कोइरालाले भने, ‘साबधानी अपनाउनु पर्छ तर डराउनु पर्दैन । म कोरोना जितेर फेरि छिट्टै जनताको काममा फर्कने छु ।’ कोरोनासँगै जुधेर सुरक्षित बन्दै काममा निस्कनुको विकल्प नभएको उनको भनाइ छ । यसअघि गण्डकी प्रदेश सभाको विधायन समिति सभा...
च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ ।  चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताए । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ । मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए । “यसपालि च्याङ्ग्रा कम छ...
नारायण काजीको सुझाव : तुरुन्तै विज्ञ र नेताहरुको बैठक बोलाउ

नारायण काजीको सुझाव : तुरुन्तै विज्ञ र नेताहरुको बैठक बोलाउ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड १९ ले उत्पन्न संकट चौतर्फी गहिरिँदै गएको भन्दै यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी सबैको भएको बताएका छन् । उनले यसको नियन्त्रण गर्ने जिम्मेवारी मुलतः सरकारको नै भएको भन्दै यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति नरेको स्पष्ट भएको बताएका छन् । Advertisement ‘तर हामी  कसैले पनि आफ्नो जिम्मेवारीबाट  पञ्छन मिल्दैन’, सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले भनेका छन्– ‘तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।’ साथै उनले सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्नेमा...
कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै १७ गतेदेखि

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै १७ गतेदेखि

देश, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले आज मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएका हुन् । Advertisement उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त...
६० वर्ष ननाघेका एकल महिलाहरूलाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता

६० वर्ष ननाघेका एकल महिलाहरूलाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता

देश, समाचार, सामाजिक
सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएकाे गुनासो आइरहेका थिए । Advertisement बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।  यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो ...
काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका २ हजार ८,  ललितपुरका २८१ र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको  हो ।  यस्तै बितेको २४ घण्टामा देशभर भने ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  Advertisement यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए ।  यसैबीच देशभर कोरोना भाइरसको संक्रमित संक्रमितको संख्या ४० हजार नाघेको छ। मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको हो ।  साभार: रातोपाटी ...