२०८१ बैशाख १३

गण्डकी प्रदेशको विकास समिति सभापतिलाई कोरोना संक्रमण पुष्टि

४ कात्तिक, पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि स्वाब दिएका सांसद कोइरालाको आज पोजेटिभ रिपोर्ट आएको हो ।

केही दिनअघि चितवनबाट फर्किएका कोइरालासँगै उनका सवारी चालकमा पनि कोराना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि कोइराला सेल्फ आइसोलेसनमा बसेका छन् । कन्ट्याक ट्रेसिङमा हुनेहरूको लिस्ट तयार हुँदैछ ।


Advertisement


‘एक दिन कोरोना संक्रमणले छुन सक्छ भन्ने मानसिक हिसाबले तयार थियौं । निरन्तर काम र विभिन्न बैठकमा सहभागी भइरहेका थियौं,’ सभापति कोइरालाले भने, ‘साबधानी अपनाउनु पर्छ तर डराउनु पर्दैन । म कोरोना जितेर फेरि छिट्टै जनताको काममा फर्कने छु ।’

कोरोनासँगै जुधेर सुरक्षित बन्दै काममा निस्कनुको विकल्प नभएको उनको भनाइ छ । यसअघि गण्डकी प्रदेश सभाको विधायन समिति सभापति मोहनप्रसाद रेग्मीलाई पनि संक्रमण देखिएको थियो । उनी केही दिनअघि कोरोनामुक्त भएर घर फर्केका छन् ।

Copy link
Powered by Social Snap