२०८३ बैशाख २१

Author: Raunak

कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले बनायो रोबोट

कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले बनायो रोबोट

देश, समाचार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्ने, मास्क लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्नेछ । Advertisement  यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ । नाष्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नाष्टकै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताए ।  कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कदा प्रभावकारी रुपले निय...
अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

देश, समाचार
अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त  सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताए । उनले भने “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको प्रचारप्रसार गरेर विश्व बजारमा पु¥याउन खाँचो थियो । लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।” यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले  पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको उनको भनाइ छ ।  यस सर्किटमा अन्नपूर्ण क्षे...
दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना : सिंह

दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना : सिंह

देश, राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम  गर्ने दुराशय राखेको सिंहले आरोप लगाएका हुन् । विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’ सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराएका छन् ।  Advertisement उनले कोरोना...
तीन महिनाभित्र गण्डकी प्रदेशमा सवारी दुर्घटनालेगर्दा ३९ को मृत्यु

तीन महिनाभित्र गण्डकी प्रदेशमा सवारी दुर्घटनालेगर्दा ३९ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् ।  दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।  प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् ।  नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए ।  कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी सा...
कर्मचारीले आफ्नो व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

कर्मचारीले आफ्नो व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

देश, राजनीति, समाचार, सामाजिक
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल -फेकोफन) का अध्यक्ष भारती पाठकले वातावरण संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै केही निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको आरोप लगाएकी छन् । फेकोफनको जिल्ला शाखा पाल्पाले आज आयोजना गरेको भर्चुअल छलफलमा  अध्यक्ष पाठकले भनिन्, “सामुदायिक वनका उपभोक्तामाथिको अन्यायविरुद्ध लड्न महासङ्घ अग्रसर रहन्छ ।”  उनले ५० प्रतिशत महिला नेतृत्वको लागि फेकोफनले महत्वपूर्ण काम गर्दै आए पनि उपभोक्ता समूहमा महिला नेतृत्व कायम हुन नसकेको जनाउँदै समूहमा महिला सहभागिता बढाउने कामलाई निरन्तरता दिन आग्रह गरिन्।  फेकोफनका पाल्पा जिल्ला इञ्चार्ज केपी श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहलाई बलियो बनाएर जान आग्रह गरे ।  Advertisement आजै महासङ्घले आयोजना गरेको ‘समुदायमा आधारित जलवायु अनुकूलनम...
बसको ठक्करले पैदल यात्रुको मृत्यु

बसको ठक्करले पैदल यात्रुको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।  Advertisement बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
दसैंलाई लक्षित गर्दै मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा

दसैंलाई लक्षित गर्दै मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा

देश, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस (कोभिड१९ )को संक्रमणलाई मध्यनजर गरी दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिए । Advertisement चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ । प्रशासनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने ग...
राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:५० सुदिप कार्की

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:५० सुदिप कार्की

Nepali Poetry "People's Choice Award" 2077, प्रतिस्पर्धा, मिश्रित
Advertisement
राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:४९ दीपक भण्डारी

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:४९ दीपक भण्डारी

Nepali Poetry "People's Choice Award" 2077, प्रतिस्पर्धा, मिश्रित
राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:४८ श्रृजना ठकुरी

राष्ट्रिय कविता प्रतिस्पर्धा (People’s Choice Award) – कविता नं:४८ श्रृजना ठकुरी

Nepali Poetry "People's Choice Award" 2077, प्रतिस्पर्धा, मिश्रित
Advertisement