२०८१ बैशाख ८

युवतीमाथि सामूहिक बलात्कारको प्रयास : कपिलवस्तुमा

कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । स्थानीयले दिएको जानकारी अनुसार कपिलबस्तुको शुद्धोधन गाँउ पालिका वडा नं. ६ स्थित एक गाँउमा शुक्रवार साँझ साढे ६ बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो ।

निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए ।


Advertisement


आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी गराए ।

कपिलबस्तु प्रहरी प्रबक्ता डीएसपी भण्डारीले ती युवाहरुको कुटाइबाट घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको बताएका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap