२०८३ बैशाख २२

Author: Raunak

भालू आतंक : गोठमा पसेर १२ भेडा मर्यो

भालू आतंक : गोठमा पसेर १२ भेडा मर्यो

देश, समाचार
कनकासुन्दरी गाउँपालिका–२  बिताको लेखमा भालुले  बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ ।  गत कात्तिक  २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताए । Advertisement लामो समयसम्म भेडा पाल्दै आएका उनले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे । वर्षौँ दिनको मेहनत एकै दिनमा जाँदा  रतिमानको परिवारमा दुःख छाएको छ ।    रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन् । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर  पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उनले लगाए ।  साभार: रातोपाटी ...
हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : ७ को मृत्यु

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : ७ को मृत्यु

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको  साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ ।  Advertisement अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ ।  प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थि...
घर गोठमा आगलागी : १० लाखको क्षतिको अनुमान

घर गोठमा आगलागी : १० लाखको क्षतिको अनुमान

देश, समाचार, सामाजिक
बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् ।  Advertisement ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहनासमेत जलेको पीडितको भनाइ छ ।  साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताए । उनका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ । साभार: रातोपाटी ...
काँग्रेस नेता केशवराज उपाध्यायको निधन

काँग्रेस नेता केशवराज उपाध्यायको निधन

देश, समाचार
नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ ।    श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताए । डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आएका उउनी वि सं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर जिम्मेवारी बहन गरेका थिए । Advertisement उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापानका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका तीन छोरा र श्रीमति छन् । स्वर्गीय उपाध्यायको आजै कैलालीको कर्णाली नदी घाटमा आज अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थित...
जुवा खालबाट वडाध्यक्षसहित १५ पक्राउ

जुवा खालबाट वडाध्यक्षसहित १५ पक्राउ

देश, समाचार, सामाजिक
प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रु। तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।   Advertisement त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा...
ट्रकको ठक्करबाट महिलाको गयो ज्यान : देउखुरी

ट्रकको ठक्करबाट महिलाको गयो ज्यान : देउखुरी

देश, समाचार, सामाजिक
दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।  Advertisement विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।  महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।  साभार: रातोपाटी ...
पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापारमा ओरालो

पाल्पाली ढाका टोपी र झिनियाँको ब्यापारमा ओरालो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३० कात्तिक, रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । Advertisement अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो । यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाज...
एक कोरोना संक्रमित पुरूषको मृत्यु : चितवन

एक कोरोना संक्रमित पुरूषको मृत्यु : चितवन

देश, समाचार, सामाजिक, स्वास्थ्य
३० कात्तिक, चितवन । चितवनमा कोरोना संक्रमित एक पुरूषको गएराति उपचारको क्रममा मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० का ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । Advertisement न्यौपानेका अनुसार कात्तिक १९ गते अस्पताल भर्ना भएका उनलाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाका बिरामीसमेत थिए । Credit: OnlineKhabar ...
चक्कु प्रहार गरी बुबा द्वारा छोराको हत्या

चक्कु प्रहार गरी बुबा द्वारा छोराको हत्या

देश, समाचार, सामाजिक
३० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो । Advertisement मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको डीएसपी राठौरले जानकारी दिए । Credit: OnlineKhabar ...
भारतीय पासपोर्ट प्रिन्टरिङ कम्पनी नेपालमा अयोग्य

भारतीय पासपोर्ट प्रिन्टरिङ कम्पनी नेपालमा अयोग्य

देश, समाचार
काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का प्रक्रियामा अनियमितता भएको पाइएको छ । शुक्रबार यातायात व्यवस्था विभागले दिएको खरिदको आशयपत्रमा महँगो मूल्य टेन्डर गर्ने कम्पनीलाई छनौट गरेपछि अनियमितता बाहिर आएको थियो । एशिया प्रशान्त क्षेत्रकै सबैभन्दा गुणस्तरीय मानिने कम्पनीलाई कुनै कारणबिना अयोग्य घोषणा गरेर विभागले त्योभन्दा महँगो मूल्य आवेदन गर्ने कम्पनीको आवेदनलाई स्वीकृत गरेको जनाएको थियो ।  ३ महिनाअघि सुरु भएको उक्त ठेक्का प्रक्रियामा ३ वटा कम्पनीले सहभागिता जनाएका थिए । ती कम्पनीहरुमा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स, फ्रान्सको सेल्प एसएसए र मलेसियन कम्पनी आइरेस सहभागि थिए । त्यसमध्ये आइसेरले प्रस्ताव गरेको प्रतिकार्ड छपाई मूल्य सबैभन्दा कम थियो । आइरेसले एउटा कार्ड छपाइबापत ०.५९ डलर प्रस्ताव गरेको थियो । त्यस्तै सेल्पले ०.८० डल...