२०८१ बैशाख २३

जिल्ला प्रशासन कार्यालय ललितपुर मंसिर ३ देखि खुल्ला

२८ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल स्थगित रहेका नागरिकता वितरणलगायतका सेवा मंसिर ३ गतेदेखि सुरु गर्ने भएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।


Advertisement


प्रशासनले स्थानीय तहअनुसार निश्चित बार तोकेर सेवा प्रवाह गर्ने उल्लेख गरेको छ ।
जसअनुसार आइतबार, सोमबार र मंगलबार ललितपुर महानगरपालिका, बुधबार महांकाल, बागमती र कोन्ज्योसोम गाउँपालिका र बिहीबार र शुक्रबार गोदाबरी र महालक्ष्मी नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ । संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार तथा पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ ।

प्रशासनको सूचना :

साभार: रातोपाटी

Copy link
Powered by Social Snap