२०८३ बैशाख २२

Author: Raunak

धोबीखोला कोरिडोरको सम्पूर्ण काम १ वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री कृष्णगोपाल श्रेष्ठले

धोबीखोला कोरिडोरको सम्पूर्ण काम १ वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री कृष्णगोपाल श्रेष्ठले

देश, समाचार
काठमाडौं । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उनको भनाई छ । कोरिडोरको फुटपाथको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न पनि उनले निर्देशन दिए ।   Advertisement उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले ठेक्का भएअन...
यस प्रकार छ सरुवा बढुवा निर्देशन

यस प्रकार छ सरुवा बढुवा निर्देशन

देश, समाचार
काठमाडौं । सरकारले न्याय सेवाका सहसचिव लिलादेवी गडतौलालाई सचिवमा बढुवा गर्दै नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले डा.लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, राजपत्राङकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपंक्षीं विकास मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ ।  Advertisement यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषी पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ देखि लागू हुनेगरी ४ वर्षका लागि थप गर्ने निर्णय गरेको छ । कोलम्बियाको बोगोटामा डा.सोराया स्टेला कारो भरगासलाई निर्णय भएको मितिदेखि लागू हुनेगरी ४ वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको...
दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

देश, समाचार, सामाजिक
जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ ।  Advertisement तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ ।  चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए ।  तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६÷७७ को ...
फोटो प्रदर्शनी कार्यक्रम हुने निधो : अमेजिङ युनान सांग्रिला कार्यक्रम

फोटो प्रदर्शनी कार्यक्रम हुने निधो : अमेजिङ युनान सांग्रिला कार्यक्रम

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।  नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा भोलि शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो । कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुबै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए । सांस्कृतिक र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् । Advertisement कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्विरहरु प्रदर्शनीमा राखिएको छ । साभ...
देउवा द्वारा कोरोना संक्रमण बाट निधन भएका चिकित्सक प्रति श्र्धाञ्जली

देउवा द्वारा कोरोना संक्रमण बाट निधन भएका चिकित्सक प्रति श्र्धाञ्जली

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् ।  कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान निधन भएको थियो । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जलि प्रकट गरे ।  Advertisement साथै दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरे । मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पु¥याउन सरकारलाई आग्रहसमेत ग...
निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने बाइक चालक समेत ३ किशोर हिरासतमा

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने बाइक चालक समेत ३ किशोर हिरासतमा

देश, समाचार, सामाजिक
काठमाडौं । निकिशा श्रेष्ठलाई सडकमा जिस्क्याउँदै हैरान पार्ने र भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ३ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।  Advertisement महानगरीय प्रहरी परीसर भक्तपुरका इन्सपेक्टर सुदन केसी नेतृत्वको टोलीले उनीहरुलाई दुधपाटी र भक्तपुर–२ टौमढीबाट पक्राउ गरेको हो ।  मंसिर २ मा भक्तपुर नगरपालिका–१ स्थित सडकमा निकिशालाई तीन जना मिलेर दुर्व्यवहार गरेका थिए ।  सफिल खत्रीले चलाएको स्कुटरको पछाडि बसेर भक्तपुर–५ तौमडी घर भएका १६ वर्षीय किशोरले लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरेर भिडियो बनाएका थिए । सो भिडियो विशेष जोशीले टिकटकमा अपलोड गरेको प्रहर...
ढुङ्गाले हानेर तीन वर्षीया बालिकाको वीभत्स हत्या : मकवानपुर

ढुङ्गाले हानेर तीन वर्षीया बालिकाको वीभत्स हत्या : मकवानपुर

देश, समाचार, सामाजिक
पूर्वी मकवानपुरको  वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।  वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  Advertisement घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।  हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई प...
काभ्रेको ढुङ्गा उत्खनन योजना:  अनुगमनपछि मात्रै अनुमति दिइन

काभ्रेको ढुङ्गा उत्खनन योजना: अनुगमनपछि मात्रै अनुमति दिइन

देश, समाचार
पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुङ्गा खानीमा थप उत्खननमा रोक लगाएको हो ।  जिल्लामा हालसम्म ३१ क्रसर उद्योगका करिब तीन दर्जन रोडा–ढुङ्गा खानी सञ्चालनमा आएका छन् । कार्यालयले आजदेखि जिल्लामा सञ्चालन हुँदै आएका सबै खानी बन्द गर्न निर्देशनसहित सबै स्थानीय तह तथा प्रहरीलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।  उनका अनुसार केही दिनको अनुगमनपछि मापदण्ड पुगेकालाई सञ्चालन गर्न दिइनेछ । “अहिले सबै खानीमा थप उत्खनन बन्द गराएका हौँ, मापदण्ड पुगेका र राष्ट्रिय प्राथमिकताका आयोजनामा सामग्री आपूर्ति गर्नेलाई अनुगमनपछि मात्रै सञ्चालन अनुमति दिइनेछ”, पोखरेलले भने ।  हप्ताअघि गृहमन्त्रालयले मापदण्ड विपरीत र बिन...
एमसीसीबारे अन्योल : अमेरिकासँग भएन संवाद

एमसीसीबारे अन्योल : अमेरिकासँग भएन संवाद

देश, राजनीति, समाचार
४ मंसिर, काठमाडौं । २०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो । कार्यदलले सम्झौता संविधानभन्दा माथि हुन नहुने, सार्वभौमिकता, समानता हुनुपर्ने लगायतका डेढ दर्जन सुझाव दिएको छ । भदौको अन्तिम साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले पनि कार्यदलको प्रतिवेदनअनुसार एमसीसी संशोधन गरेर मात्र कार्यान्वयन गर्न सुझाव दिएको छ । तर सो प्रतिवेदन अहिले अलपत्र छ । Advertisement सरकारले यी प्रश्नहरुको बारेमा अहिलेसम्म एमसीसीलाई कुनै पत्राचार गरेको छैन । सन् २०२० जुन ३० मा कार्यान्वयनमा ल्याउने डेडलाइन कार्यान्वयन नभएपछि यस विषयमा एउटा चिठी आदान–प्रदान भएको र त्यसबाहेक विषयवस्तुको बारेमा कुनै पनि पत्राचार नभएको एमसीसी स्रोत...
६७३१ जनामा परीक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण

६७३१ जनामा परीक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । Advertisement कहाँ कति संक्रमित ? पछिल्लो २४ घण्टामा काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा संक्रमण देखिएको छ । त्यस्तै चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६/१६, स्याङ्जामा १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दाङमा १४, तनहुँमा १३, ध...