२०८१ जेष्ठ ३

फोटो प्रदर्शनी कार्यक्रम हुने निधो : अमेजिङ युनान सांग्रिला कार्यक्रम

काठमाडौं । नेपाल चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।  नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा भोलि शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो ।

कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुबै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए । सांस्कृतिक र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।


Advertisement


कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्विरहरु प्रदर्शनीमा राखिएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap