२०८३ कार्तिक १२

देउवा द्वारा कोरोना संक्रमण बाट निधन भएका चिकित्सक प्रति श्र्धाञ्जली

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा नारायणबहादुर थापाको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् । 

कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान निधन भएको थियो । उनले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जलि प्रकट गरे । 


Advertisement


साथै दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरे । मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पु¥याउन सरकारलाई आग्रहसमेत गरे ।
 
यसैगरी सभापति देउवाले नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर नौ जना नेपालीको निधन भएकोप्रति दुःख व्यक्त गर्दै सो घटनाका अस्पतालमा उपचाररत अन्य घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जन्मदिन मनाउने क्रममा भएको रमाइलो जमघट मृत्युको कहाली लाग्दो स्थितिमा पुग्नु हृदयविदारक भन्दै सभापति देउवाले मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन र हङकङवासी नेपाली समुदायमा समवेदना व्यक्त गरे ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap