२०८३ बैशाख २२

Author: Raunak

भन्सार छली राखिएको ४८ लाख ६१ हजारको सामान बरामद

भन्सार छली राखिएको ४८ लाख ६१ हजारको सामान बरामद

देश, समाचार
काठमाडौं । बाराका विभिन्न सीमा–नाकाबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ । तिहार शुरु भएपछि विभिन्न स्थानबाट ४८ लाख ६१ हजार मुल्यको कपडा र किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए । Advertisement भारतबाट भन्सार छलेर नेपालतर्फ सामान ल्याउने दुईजनालाई प्रहरीले पक्रेको छ । अवैध मालसामान ओसार पसारमा प्रयोग भएको प्र–३–०१–०२२च ७०७० नम्बरको कार र एउटा मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ । बरामद सामान र सवारी भन्सार कार्यालय बिरगन्जमा बुझाइएको डिएसपी मिश्रले बताए । साभार: रातोपाटी ...
प्रचण्ड–माधवलाई तर्साउन क्याबिनेट बैठक औपचारिकतामै समापन

प्रचण्ड–माधवलाई तर्साउन क्याबिनेट बैठक औपचारिकतामै समापन

देश, राजनीति, समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सीमित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए ।  Advertisement नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार बिहान दिउँसो २ बजेपछि बस्नेगरी बैठक राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए । ओलीले अफ्ठ्योरोमा पार्न खोजिए दल विभाजनसम्बन्धी प्रस्ताव क्याबिनेटमा ल्याउने हल्ला चलाउँदै सोही अनुसार बैठक बोलाएको...
सवारी दुर्घटना हुँदा  दुई जना घाइते, दुई जनाको मृत्यु : झापा

सवारी दुर्घटना हुँदा दुई जना घाइते, दुई जनाको मृत्यु : झापा

देश, समाचार, सामाजिक
३ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । Advertisement सुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०...
प्रधानमन्त्रीले प्रचण्डलाई १० दिन पछि “काउन्टर उत्तर” दिने

प्रधानमन्त्रीले प्रचण्डलाई १० दिन पछि “काउन्टर उत्तर” दिने

देश, राजनीति, समाचार
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेका छन्। शुक्रबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको हो। 'प्रचण्डको प्रस्ताव आधारहीन रूपमा ममाथि गम्भीर आरोपसहित आएको छ। त्यसको मैले तयारी गरेर जवाफ दिनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो,'म त्यसको तयारीमा छु। केही समय लाग्छ।' Advertisement कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री पक्षधर नेताहरूले प्रतिवेदन फिर्ता लिनु पर्ने बताएका थिए। प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म क...
दाङका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु

दाङका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उनलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । Advertisement अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा...
पत्रिका भन्दा प्रभावकारी र भरपर्दो: “अनलाइन आर्टिकल” मार्फत आफू र आफ्नो संस्थालाई देश विदेश चिनाउनुहोस्

पत्रिका भन्दा प्रभावकारी र भरपर्दो: “अनलाइन आर्टिकल” मार्फत आफू र आफ्नो संस्थालाई देश विदेश चिनाउनुहोस्

आर्थिक
यस मिडिया कम्पनी को अनलाइन संस्करण (SYM Network) ले आफ्ना ग्राहक तथा श्रोता हरुका लागि आफ्नो सन्देश, विज्ञापन र अन्तरवार्ता शैली का आर्टिकल प्रकासन गरी अनलाइन माध्यम बाट आफ्नो र आफ्नो संस्था को बृहत प्रचार प्रसार गर्ने सुविधा पस्केको छ। उक्त सुविधा अन्तर्गत जस् कसैले पनि आफ्नो संस्थागत वा व्यक्तिगत अनलाइन आर्टिकल, कभर स्टोरी, शुभकामना सन्देश, खरिद बिक्री सूचना, रोजगार सूचना, समवेदना आदि प्रकाशन गरी पत्रिका जस्तो "युज एन्ड थ्रो" नभई सधैं लाई काम लाग्नेे र देश विदेश लाखौं मानिस समक्ष पुग्ने प्रचार सामग्री प्रकाशन गर्न सक्ने छन। हाल १ हप्ता का लागि सबै अनलाइन आर्टिकल को दाम मा ५०% चुट गरिएको छ। उक्त article को रेट लिस्ट यस प्रकार रहेको छ। नोट: SYM Network मा कुनै प्रकार को Ad space खरिद गरी आफ्नो सान्था को डिस्प्ले गरेमा ७ आर्टिकल विशेष सहुलियत मा दिइने प्रावधान छ...
सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको छ । तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।  सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । Advertisement नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच पार्टी सञ्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो । ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्...
पदको लोभ छैन, त्याग्न तैयार छु : सञ्चारमन्त्री गुरुङ

पदको लोभ छैन, त्याग्न तैयार छु : सञ्चारमन्त्री गुरुङ

देश, राजनीति, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट बचाउन आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेको गुरुङको भनाइ छ ।  Advertisement मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री गुरुङले नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेताहरुलाई अनुरोध समेत गरेका छन् ।  ‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी  संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पा...
नेकपा नेता  चन्द्र भुसालको कोरोना संक्रमणबाट मृत्यु

नेकपा नेता चन्द्र भुसालको कोरोना संक्रमणबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । Advertisement उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।  मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य रहेका थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमा...
८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु : गोरखा अस्पताल

८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु : गोरखा अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।  Advertisement फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि  अस्पतालको सघन उपचार कक्षमा  भर्ना गरिएको  अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।  ...