२०८३ बैशाख २२

Author: Raunak

बीएडको होम सेन्टर परीक्षाकाे  तालिका निष्कासन

बीएडको होम सेन्टर परीक्षाकाे तालिका निष्कासन

देश, शिक्षा, समाचार
६ मंसिर, काठमाडौं । बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो । काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ । Advertisement बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ । एमएडको परीक्षा केन्द्र तोक्न बाँकी परीक्षा नियन्त्रण महाशाखाका अनुसार एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ । नोवेल कोरोना भाइरस -कोभिड-१९)का कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न ...
७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द  : गोरखा

७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द : गोरखा

देश, शिक्षा, समाचार, स्वास्थ्य
६ मंसिर, गोरखा । सात जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गोरखा नगरपालिकाका सबै विद्यालय मंसिर १५ सम्म बन्द रहने भएका छन् । नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार दसैंपछि विद्यालयहरु खुले । तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो । नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्‍यो । Advertisement सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘संक्रमण फैलन थालेपछि कात्त...
थप कोरोना संक्रमितको मृत्यु : रुपन्देही

थप कोरोना संक्रमितको मृत्यु : रुपन्देही

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वषर्ीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । Advertisement उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ । Credit: OnlineKhabar ...
८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

८१४४ परीक्षणमा १६७४ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
आइसियु र भेन्टिलेटरको चरम अभाव हुँदै

आइसियु र भेन्टिलेटरको चरम अभाव हुँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् ।  “अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भने, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान ...
पेस्तोल धारी युवक छठ घाटमा पक्राउ

पेस्तोल धारी युवक छठ घाटमा पक्राउ

देश, समाचार, सामाजिक
सिरहा । सिरहा प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ बनाउन गएको २२ वर्षीय रविन दास पक्राउ परेका हुन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए । Advertisement सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो : सुदूरपश्चिम प्रदेश

कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो : सुदूरपश्चिम प्रदेश

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका  ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि नै अछाममा  २,  बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७७२ पुगेको छ ।  Advertiseme...
डाक्टर बने पुनः कोरोना संक्रमित : विराटनगर

डाक्टर बने पुनः कोरोना संक्रमित : विराटनगर

देश, समाचार, सामाजिक, स्वास्थ्य
५ मंसिर, विराटनगर । विराटनगरमा एक चिकित्सकलाई दुई महिनामै कोरोना भाइरसको पुनःसंक्रमण देखिएको छ । विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई पहिले संक्रमण पुष्टि भएर संक्रमणमक्त भएको दुई महिनापछि पुनः संक्रमण देखिएको हो । पहिलो पटक संक्रमण हुँदा सामान्य लक्षण मात्र देखिएको उनमा दोस्रो पटकको संक्रमणमा भने जटिल लक्षण देखिएको थियो । १८ साउनमा सामान्य लक्षण देखिएपछि जाँच गराउँदा उनमा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएका उनी एक महिनासम्म घरमै बसेका थिए । ‘पहिलो पटक सामान्य लक्षण थियो । १४ दिन आइसोलेसन बसाईपछि संक्रमण मुक्त भएँ’ उनले भने ‘सतर्कता अपनाउँदा अपनाउँदै दोस्रो पटक संक्रमण हुँदा धेरै पेन (पीडा) भयो ।’ पहिलो संक्रमणपछि एक महिना घरमै आराम गरेर उनी सतर्कतासहित काममा निस्किएका थिए । घर बाहिरको पानी समेत नखाएका ...
‘एक्टिभ’ सदस्यता विवरण पठाउन जिल्लामा कांग्रेसको निर्देशन

‘एक्टिभ’ सदस्यता विवरण पठाउन जिल्लामा कांग्रेसको निर्देशन

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।  काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ ।  Advertisement काँग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम...
नेपाल र चीन छन् नजिकिदै : अध्यक्ष तिमिल्सिनाको भनाइ

नेपाल र चीन छन् नजिकिदै : अध्यक्ष तिमिल्सिनाको भनाइ

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट पारे । चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उनले भने ।     Advertisement सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच शदियौं पुरानो सम्बन्ध  र साझा विशेषता रहेको बताए । विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध ...