२०८३ बैशाख २२

Author: Raunak

इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

इलाम : २५ वर्षीय युवाको कोरोनाका कारण निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ बाट ईलामका एक पुरुषको निधन भएको छ । इलाम–१ का २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । Advertisement फोक्सोसम्बन्धी दीर्घ रोग रहेका उनलाई उनलाई गत ५ गते संक्रमण पुष्टि भइ अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, प्रतिष्ठानमा मोरङ*का ६७ वर्षीय पुरुषको पनि आज विहान उपचारको क्रममा निधन भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई कार्तिक २६ गते संक्रमण पुष्टि भइ गत १ गते अस्पताल भर्ना गरिएको थियो । साभार: रातोपाटी ...
करको दायर अझ ब्रोड र बलियो गरिन्छ  : विष्णु पौडेल

करको दायर अझ ब्रोड र बलियो गरिन्छ : विष्णु पौडेल

अन्तर्वार्ता, देश, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् ।  नवौँ राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा आन्तरिक राजश्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजश्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन् । उनले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्यौट जस्ता  परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए।  अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राही मैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । उनले करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा...
रत्नपार्क को नाम परिवर्तन गरी मुवा बडा महारानीको अपमान गरियो : कमल थापा

रत्नपार्क को नाम परिवर्तन गरी मुवा बडा महारानीको अपमान गरियो : कमल थापा

देश, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । शनिबार रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्कलाई ‘शंखधर उद्यान’ नामाकरण गरिएको थियो । काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । यसअघि उक्त स्थानलाई राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो । Advertisement अध्यक्ष थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताए ।  थापाले ट्वीटरमा लेखेका छन्, 'रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुम...
कोरोना पछी पहिलो पटक गोरखा संग्रहालय खुल्ला

कोरोना पछी पहिलो पटक गोरखा संग्रहालय खुल्ला

देश, समाचार
७ मंसिर, गोरखा । कोभिड–१९ महामारीका कारण ८ महिना बन्द रहेको गोरखा संग्रहालय आइतबारदेखि खुला भएको छ । गत चैतदेखि संग्रहालयको प्रदर्शनी कक्ष बन्द थियो भने प्रशासनिक कामहरु सञ्चालन भइरहेको थियो । गत कात्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी मंसिर ५ गतेदेखि संग्रहालयलगायत पर्यटनसँग सम्बन्धित सेवा र कार्यहरु संचालन गर्न पाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतवारदेखि संग्रहालयको प्रदर्शनी कक्ष खुला गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । Advertisement ‘हिजो ह्याण्ड वास स्टेशन निर्माण गरेर कर्मचारी र सुरक्षाकर्मीलाई ओरेन्टेसन दियौं अनि आजदेखि प्रदर्शनी कक्षहरु खुल्ला गर्‍यौं’ उनले भने । संग्रहालयको मूल ढोकामा हात धुने ठाउँ राखिएको छ । संग्रहालय अवलोकन गर्नुअघि पर्यटकले हात धुनु पर्नेछ भने मास्क र भौतिक...
कार दुर्घटनामा ज्यान गुमाउने अमेरिकी सेनामा आबद्ध नेपाली

कार दुर्घटनामा ज्यान गुमाउने अमेरिकी सेनामा आबद्ध नेपाली

देश, विदेश / एन.आर.एन, समाचार
७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । Advertisement ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका उनको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो । करिब ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनका आफन्त राजेश श्रेष्ठले बताए ।...
बलात्कारमा मिलापत्र गराउनेलाई ३ वर्ष जेल

बलात्कारमा मिलापत्र गराउनेलाई ३ वर्ष जेल

देश, समाचार, सामाजिक
७ मंसिर, काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् । राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ । Advertisement कानून मन्त्रालय स्रोतका अनुसार जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता र मुलुकी फौजदारि कार्यविधि संहितालाई संशोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको हो । पुरुष पनि बलात्कृत हुन सक्छन् अध्यादेशले पुरुष पनि बलात्कृत हुनसक्ने स्वीकार गर्दै दण्ड सजायको व्यवस्था गरेको छ । यसअघि दण्डसम्बन्धी व्यवस्थामा बालिका वा महिला भन्ने शब्द भएकामा अध्यादेशमार्फत त्यसलाई संशोधन गरेर कुनै व्यक्ति भन्ने शब्द राखिएको ...
जनस्वास्थ्य अधिकृत बने कोरोनाको सिकार

जनस्वास्थ्य अधिकृत बने कोरोनाको सिकार

देश, समाचार, सामाजिक, स्वास्थ्य
७ मंसिर, बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । Advertisement ५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए । Credit: OnlineKhabar ...
हिउँदको टार्गेट : भारतबाट २५० मेगावाट बिजुली आयात गरिने

हिउँदको टार्गेट : भारतबाट २५० मेगावाट बिजुली आयात गरिने

देश, समाचार
६ मंसिर, काठमाडौं। यो वर्षको जाडोयामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । २ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । Advertisement ‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको छ ।’ गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भइ भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको थियो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षात मा ५०० देखि ६०० मेगावाटसम्म निर्यातको बाटो खुलेको छ । यसैगरी नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केबर–खिम्ती लाइ...
प्रकाशमान सिंहको आक्रोश : कोरोनाको बेला समेत सरकारले तमाशा हेर्यो

प्रकाशमान सिंहको आक्रोश : कोरोनाको बेला समेत सरकारले तमाशा हेर्यो

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उनले, यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाए ।  ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’ Advertisement सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए । यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए ।  कोरोना महामारीका कारण तत्कालै सडक आ...
राजा वीरेन्द्रको निवास प्रदर्शनीका लागि खुला : यस्ता वस्तु छन् श्रीसदनमा

राजा वीरेन्द्रको निवास प्रदर्शनीका लागि खुला : यस्ता वस्तु छन् श्रीसदनमा

देश, समाचार
तत्कालीन राजा  वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो ।  दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द  थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो । Advertisement नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन...