२०८३ बैशाख २२

Author: Raunak

सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाका कारण मृत्यु

सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाका कारण मृत्यु

देश, समाचार, स्वास्थ्य
काठमाडौँ । सोमबार राति कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन बुढाथोकीको मृत्यु भएको छ । २७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे । Advertisement तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो । हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको प्रवक्ता अर्यालले रातोपाटीलाई जानकारी दिए । यस्तै १६८ जना सक्रिय संक्रमित रहेका छन् ।  साभार: रातोपाटी ...
त्रिशूलीले बन्द गर्यो स्वाब संकलन

त्रिशूलीले बन्द गर्यो स्वाब संकलन

देश, समाचार, सामाजिक, स्वास्थ्य
त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अब देखि नलिने भएको छ ।  अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । Advertisement उनका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो । अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द...
पोखराको ‘सस्तो’ प्याराग्लाइडिङ : आन्तरिक पर्यटकको घुइँचो

पोखराको ‘सस्तो’ प्याराग्लाइडिङ : आन्तरिक पर्यटकको घुइँचो

देश, समाचार
पोखरा । लामो समयको लकडाउनपछि पोखरामा सम्भवतः सबैभन्दा बढी पर्यटक प्याराग्लाइडिङ गर्न ओइरिएका छन् । पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडेका छन् ।  अधिकांश काठमाडौं, बुटवल, चितवन लगायत पूर्वी नेपाल र पश्चिम नेपालका पनि विभिन्न जिल्लाबाट प्याराग्लाइडिङ उडान भर्न आएका छन् । विशेषगरी युवा जमातको प्याराग्लाइडिङमा आकर्षण छ ।  व्यवसाय छोडेर अन्यत्रै पलायन भइसकेका प्याराग्लाइडिङ पुनः यही व्यवसायमा फर्किएका छन् । दशैं यता प्याराग्लाइडिङमा विशेष छुट अफर ल्याएपछि प्याराग्लाइडिङ गर्नेहरुको दर ह्वात्तै बढेको छ ।  Advertisement अफिस बन्द गरेर पलायन हुने अवस्थामा पुगेका व्यवसायी पुनः व्यवसायमा कसरी फर्किए ? यस विषयमा नेपाल हवाई खेलकुल संस्था(ना)ले प्याराग्लाइडिङ यति छिट्टै ब्युँतिने आँकलन व्यवसायीले नगरेको बताएको छ ।  संस्थाका मह...
दमक “भ्यूटावर” पूँजी र पर्यटकिय  हिसाबले देशको चिनारी : मन्त्री श्रेष्ठ

दमक “भ्यूटावर” पूँजी र पर्यटकिय हिसाबले देशको चिनारी : मन्त्री श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गरेका छन् । उनले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह , दमक बसपार्क तथा  गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिए । सोक्रममा उनले  दमक –३ स्थित निर्माणाधीन भ्यु टावर निर्माणको अवस्थाबारे जानकारी लिनुभएको वडाध्यक्ष नवीन बरालले वताए । स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दमक भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर भएको विचार व्यक्त गरे । नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करीब ३० प्रतिशत काम पूरा भएको  छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सोका लागि रु ४० करोड विनियोजन गरिसकेको छ ।  Advertisement ...
मौसमले प्रधानमन्त्रीको सशस्त्र सीमा सुरक्षाचौकी उद्घाटन कार्यक्रम प्रभावित

मौसमले प्रधानमन्त्रीको सशस्त्र सीमा सुरक्षाचौकी उद्घाटन कार्यक्रम प्रभावित

देश, समाचार
पशुपतिनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो ।  प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र  सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र  हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने  इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् ।  Advertisement सो अवसरमा आन्तरिक मामिल...
चिनियाँ रक्षामन्त्री लगत्तै भारतीय विदेश सचिव नेपाल आउँदै। के छ रहस्य?

चिनियाँ रक्षामन्त्री लगत्तै भारतीय विदेश सचिव नेपाल आउँदै। के छ रहस्य?

देश, राजनीति, समाचार
नेपालमा एकपछि अर्को उच्चस्तरीय भ्रमण हुन थालेको छ । कोरोनाका कारण केही समय विभिन्न उच्चस्तरीय भ्रमण प्रभावित भएकामा अहिले फेरि सुरु भएको हो ।हालै भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरी फर्केका छन् । यसैबीच भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङला नोभेम्बर २६  का दिन नेपाल आउँदैछन् भने त्यस लगत्तै अर्थात नोभेम्बर २९  (मंसिर १४) गते चीनका रक्षामन्त्री वाङ यी आउन लागेका छन् ।  भारतीय सेनाप्रमुख नरवणे कात्तिक २१ गते (नोभेम्बर ६) का दिन स्वदेश फर्केका थिए । नरवणे स्वदेश फर्केको २३ दिनपछि चिनियाँ रक्षामन्त्री वाङ आउन लागेका हुन् । भारतीय सेनाप्रमुख नरवणेपछि चिनियाँ रक्षामन्त्री वाङ आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी एक दिनका लागि मात्र नेपाल आउन लागेका हुन् ।  Advertisement स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपत...
ट्राफिक प्रहरी प्रमुखले र काठमाडौँ प्रहरी प्रमुख सम्हाले कार्यभार

ट्राफिक प्रहरी प्रमुखले र काठमाडौँ प्रहरी प्रमुख सम्हाले कार्यभार

देश, समाचार
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँको कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सम्हालेका छन् । सोमबार दिउँसो एसएसपी सिंहलाई परिसरमा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले स्वागत गरेका थिए । यसअघि त्यहाँ कार्यरत एसएसपी श्यामलाल ज्ञवालीको आइतबार नै विदाइ गरिएको थियो । ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका सरुवा भएको छ ।   Advertisement त्यस्तै सोमबार नै महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व एसएसपी जनक भट्टराईले सम्हालेका छन् । भट्टराईलाई निवर्तमान ट्राफिक प्रमुख एसएसपी भीम प्रसाद ढकालले स्वागत गरेका थिए । एसएसपीद्वय सिंह र भट्टराईको शुक्रबार गृहमन्त्रालयले नियमित सरुवा गरेको थियो । उनीहरु दुवैजना प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए । त्यसैगरी आजै काठमाडौँ प्रहरीले प्रहरी नायब उपरीक्षक (...
सुशासन नागरिकले बानीमा देखाउन : पूर्वमन्त्री बास्कोटा

सुशासन नागरिकले बानीमा देखाउन : पूर्वमन्त्री बास्कोटा

देश, समाचार
काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए । “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।” उनले भने ।   Advertisement नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताए । “हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस् ।” उनले भने । यसअघि उनले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गङ्...
जुम्लामा विशेष कोभिड अस्पताल बनाइने योजना

जुम्लामा विशेष कोभिड अस्पताल बनाइने योजना

देश, समाचार, सामाजिक, स्वास्थ्य
जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । जिल्ला खेलकूद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उहाँले जानकारी दिए । Advertisement अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । ...
शुक्लाफाँटा नगरपालिकामा १८ गोलिया खयरको काठ बरामद

शुक्लाफाँटा नगरपालिकामा १८ गोलिया खयरको काठ बरामद

देश, समाचार
शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।  Advertisement बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताउनुभयो । “कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन”, उनले भने, “काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।”  बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ ।  साभार: रातोपाटी ...