२०८३ बैशाख २३

Author: Raunak

लम्बोदर न्यौपानेको बन्दी प्रत्यक्षीकरण रिट बदर

लम्बोदर न्यौपानेको बन्दी प्रत्यक्षीकरण रिट बदर

देश, समाचार
काठमाडौं । नेपाल ईन्जिनियररिङ कलेजका पुर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।  आफ्ना दाइलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै भाई निर्मलले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलाशले सोमबार सो रिट खारेज गरेको हो ।  रिट खारेज भएसँगै उनीमाथि पुनः अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । मंसिर १० मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) उनलाई पक्रेर हिरासतमा राखेको थियो । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्चले ब्यूरोसँग सक्कल मिशील मागेको थियो ।  Advertisement सर्वोच्चको रिट खारेज गरेसँगै उनीमाथि थप अनुसन्धानको बाटो खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) बेलबहादुर पाण्डेले रातोपाटील...
पञ्चायत र कम्युनिस्ट मा केही फरक छैन : त्यति खेर टाउको फुट्यो अहिले करङ

पञ्चायत र कम्युनिस्ट मा केही फरक छैन : त्यति खेर टाउको फुट्यो अहिले करङ

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजातन्त्रको निर्दलीय पञ्चायत र गणतन्त्रणकालमा कम्युनिस्ट शासन एउटौ भएको आरोप लगाएका छन् । सरकारको विरोधमा काँग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै  नेता पौडेलले नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै अब कम्युनिस्ट शासन समाप्त हुने दाबी गरे । ‘राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउको फुटेको थियो,’ पौडेलले भने, ‘अहिले गणतन्त्रणकालमा कम्युनिस्टले शासन चलिहरँदा पुल बनाउँदा हाम्रो करङ भाँचिएका छन्।’ Advertisement कम्युनिस्ट सरकारले सत्ताको घोर दुरुपयोग गरेको आरोप उनले लगाए।  यस्तै भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको पौडेलको आरोप छ । ‘जबजब मन्...
यो वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै

यो वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै

देश, समाचार
एजेन्सी । सोमबार यो सालको (सन् २०२०) अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण दक्षिण अमेरिकाका केही देशहरुबाट देखिने जनाइएको छ । यो पटक खण्डग्रास सूर्य ग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दछ, तब सूर्य ग्रहण लाग्ने गर्दछ । Advertisement यो सालको अन्तिम सूर्य ग्रहणको समय १४ डिसेम्बर साँझ ७ बजेर ३ मिनेटदेखि १२ बजेर २३ मिनेटसम्म लाग्ने (१५ डिसेम्बर २०२०) जनाइएको छ । उक्त सूर्य ग्रहण दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतबाट पूर्ण रुपमा देखिने जनाइएको छ । नेपाल, भारत लगायतका मुलुकहरुबाट यो सूर्य ग्रहण नदेखिने सञ्चारमाध्यामहरुले जनाएका छन् ।  साभार: रातोपाटी ...
आगोले डढायो एक करोड

आगोले डढायो एक करोड

देश, समाचार, सामाजिक
सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।  Advertisement गए राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो ।  घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन । साभार: रातोपाटी ...
नारायणकाजी निर्दोष छन : सुसनका पति

नारायणकाजी निर्दोष छन : सुसनका पति

देश, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठकी सहयोगी सुसन कर्मचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले कमानसिंह लामा र याम्बालिङ हाइड्रोपावर परियोजनाको विवादमा श्रेष्ठलाई अनावश्यकरुपमा मुछिएको बताएका छन् । उनले आफ्नो र श्रीमतीसमेत परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी सामाजिक सञ्जाल र अनलाइन मिडियामा भ्रामक समाचार सम्प्रेषण भएकोमा आपत्ति समेत जनाएका छन् । Advertisement राजभण्डारीले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर जानकारी गराएको उल्लेख गरेका छन् । ‘कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ,’ उनले समाजिक सञ्जालमा लेखेका छन् । यस्तो छ उनको पोष्ट मेरो श्रीमती सुस...
ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधव नेपाल

ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधव नेपाल

देश, राजनीति, समाचार
२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन् । Advertisement ‘जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को ? केपी शर्मा ओली जी,’ नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो ।’ पूर्वप्रधानमन्त्री नेपालले  त्यसको प्रमाण आफूसँग भएको पनि बताए । पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको नेता नेपालले बताए । अहिले ओलीकै कारण ...
सचिव न्यौपाने भन्छन ,’सीमा क्षेत्रका समस्याप्रति गृह मन्त्रालय गम्भीर छ’

सचिव न्यौपाने भन्छन ,’सीमा क्षेत्रका समस्याप्रति गृह मन्त्रालय गम्भीर छ’

देश, राजनीति, समाचार
२८ मंसिर, रौतहट । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा नाका लामो समय बन्द हुँदा सीमा क्षेत्रका वासिन्दालाई परेका समस्याप्रति आफूहरु गम्भीर रहेको बताएका छन् । कोरोना भाइरस महामारी रोकथामका लागि भन्दै सरकारले गत चैतमा बन्द गरेको सीमा नाका मंसिर मशान्तसम्म जारी राखेको छ । तर रौतहट जिल्लालगायत सीमावर्ती क्षेत्रका वासिन्दाले सीमा नाका खोल्न माग गर्दै आएका छन् । आइतबार रौतहट आएका गृहसचिव न्यौपानेले सीमावर्ती वासिन्दाबीच सामाजिक साँस्कृतिक सम्बन्ध अप्ठ्यारो नपरोस् भनेर जिल्ला प्रशासन कार्यालयहरुले व्यवहारिक रुपमा सहजता प्रदान गरेको पनि बताए । Advertisement उनले किसानले समयमा नै रासायनिक मल नपाउँदा त्यसको असर सीमा क्षेत्रमा देखिएको भन्दै किसानका नाममा मलको कालोबजारी भएकाले सुरक्षा निकाय सचेत हुनुपर्ने धारणा पनि राखे । कोरोना संक्रमण रोकथाममा...
भाजपा विदेश विभाग प्रमुखको भ्रमण : रावलको संका

भाजपा विदेश विभाग प्रमुखको भ्रमण : रावलको संका

देश, राजनीति, समाचार
२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणको बारेमा पार्टीलाई जानकारी नगराइएको भनी आपत्ति जनाएका छन् । रावलले आइतबार साँझ ट्विटरमा लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटरामा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्काे परिघटना हो । देश, पार्टी र पदको गरिमाको रक्षा होस् ।’ Advertisement प्रधानमन्त्री केपी ओलीलगायत नेकपामा विभिन्न नेताहरु, विपक्षी नेपाली काँङ्ग्रेसका सभापति शेरवहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेट गरी भाजपा विदेश विभाग प्रमुख फर्किसकेका छन् । उनी सत्...
ग्वार्कोमा डरलाग्दो आगलागी : पेट्रोल पम्प नजिक ट्यांकरमा आगो लागेको भनाइ

ग्वार्कोमा डरलाग्दो आगलागी : पेट्रोल पम्प नजिक ट्यांकरमा आगो लागेको भनाइ

देश, समाचार, सामाजिक
२८ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा आइतबार साँझ आगलागी भएको छ । पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्याङ्करको अगाडिको भागमा आगलागी भएपछि नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा नियन्त्रणमा प्रयास भइरहेको ललितपुरका एसएसपी किरण बज्रचार्यले बताइन् । Advertisement नेपाल प्रहरीका दुई डीएसपीको कमाण्डमा आगलागी नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । Credit: OnlineKhabar ...
मदिरा किन्न ५० रुपैयाँ नदिएपछि हत्या

मदिरा किन्न ५० रुपैयाँ नदिएपछि हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
२८ मंसिर, बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की शुसिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै बसेर मदिरा खाएका भतिजा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले शुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामको अपराध अनुसन्धान ( ट्रयाकर ) तालिम प्राप्त कुकुर झिकाइ आइतबार बिहान घटनास्थलमा डग स्नाईफिङ गराउँदा हत्यामा संलग्नलाई पत्ता लगाइएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए । Advertisement ‘उनीहरुसँगै बसेर मादक पदार्थ सेवन गरेका रहेछन्, थप रक्सी ल्याउन ५० रुपैयाँ माग्दा नदिएपछि वादविवाद भई तोरणबहादुरले ईंट्...