२०८३ बैशाख २३

Author: Raunak

कोरोना कहर : युरोपमा थप कडाइ

कोरोना कहर : युरोपमा थप कडाइ

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुने थालेपछि युरोपेली देशहरूले कोरोना रोकथामसम्बन्धी प्रतिबन्धहरूलाई थप कडा बनाएका छन्। क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै उनीहरूले प्रतिबन्धहरूलाई कडा पारेका हुन्। नेदरल्यान्डसले पाँच हप्ताका लागि लकडाउन गरेको छ। यस अवधिमा त्यहाँका अनावश्यक पसल, जिम तथा सिनेमाहलहरू बन्द हुनेछन्। त्यस्तै बुधबार जर्मनीले त्यहाँ कीर्तिमानी संख्यामा संक्रमित फेला पर्न थालेपछि कडा लकडाउन गरेको छ। १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ।  Advertisement यध्यपी उसले क्रिसमसका बेलामा २४, २५ र २६ डिसेम्बरमा भने लकडाउनलाई केही खुकुलो बनाउनेछ। यो अवधिमा बढीमा चार जना मानिसलाई एकअर्काको घरमा निम्ता गर्न सकिनेछ।  ब्रिटेनमा पनि बुधबारबाट लकडाउन कडा पारिएको छ। यसैगरी फ्रान्सले लकडाउनलाई हटाएपनि रात्रि...
अढाईलाख ऋण दिएर २९ लाख मन्टु साऊ असुली

अढाईलाख ऋण दिएर २९ लाख मन्टु साऊ असुली

देश, समाचार
३० मंसिर, विराटनगर । विराटनगर महानगरपालिका– ८ प्रगति टोलका ५२ वर्षीय महानन्द राय यतिबेला दुःखले जोडेको घरजग्गा खोसिने हो कि भन्ने चिन्तामा छन् । दश वर्षअघि ऋण तिर्नका लागि लिएको ऋणले उनलाई चिन्तित बनाएको हो । ट्याक्टर चलाउँदै आएका उनले २०६७ साल फागुन ३ गते उनले विराटनगर– ९ घोगापुल चोकका ४२ वर्षीय सञ्जय रौनियार ‘मन्टु’बाट घर भएको एक कट्ठा जग्गा बन्धकी राखेर दुई लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । Advertisement २०७६ फागुनसम्म उनले साँवा र व्याज गरी २९ लाख रुपैयाँ बुझाइसकेका छन् । तर, पैसा नतिरेको भन्दै मन्टुले बारम्बार घर खाली गर्न धम्की दिइरहेका छन् । महानन्दलाई धम्की दिन मन्टुले खेताला पनि प्रयोग गरेको उनी बताउँछन् । ‘जग्गा धनीपुर्जा उसलाई दिएपछि विश्वासको भरमा किस्ता बुझाइरहें,’ उनले भने, ‘मैले २९ लाखजति पैसा बुझाएको छु । तर, उसले तिरेको छैन भन...
संवैधानिक परिषद् बैठक सक्किन साथ प्रधानमन्त्री शितल निवास

संवैधानिक परिषद् बैठक सक्किन साथ प्रधानमन्त्री शितल निवास

देश, राजनीति, समाचार
३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । Advertisement मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो । गएको वैशाखमा जारी गरेर फेरि फिर्ता गरिएको अध्यादेश ल्याइएपछि सत्तारुढ नेकपाभित्रै चर्को विरोध भइरहेको छ भने प्रतिपक्षी दलका नेताहरुले पनि आपत्ति जनाएका छन् । ...
काँग्रेसको ‘क्रेज’ अझ जीवित छ : मीनेन्द्र रिजाल

काँग्रेसको ‘क्रेज’ अझ जीवित छ : मीनेन्द्र रिजाल

देश, राजनीति, समाचार
दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले काँग्रेसमा जनताको आकर्षण नघटेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता रिजालले जनताको भरोसा काँग्रेस पार्टीप्रति रहेको दाबी गरे । नेता रिजालले जनताको समस्यामा काँग्रेस सदैव साथ रहेकाले पार्टी जनताको मनमनमा बस्न सफल भएको बताए । गत निर्वाचनमा थोरै मतले काँग्रेस पराजित भए पनि आगामी निर्वाचनपश्चात् काँग्रेस ठूलो पार्टी बन्ने उनको दाबी थियो । “प्राविधिकरुपले चुनावमा पराजित भएका हौँ, अब फेरि काँग्रेस ठूलो पार्टी बन्छ”, उनले भने । Advertisement कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकता हुनुपर्नेमा जोड दिए । पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँ सभापति कर्ण खत्रीलगायतले काँग...
गणतान्त्रिक नेपालको पहिलो ‘कु’

गणतान्त्रिक नेपालको पहिलो ‘कु’

देश, समाचार
सम्पादकीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र दोस्रोचोटि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका छन्। यसअघि गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने व्यवस्थासहित अध्यादेश जारी गरेका थिए। त्यो बेला प्रधानमन्त्रीले अर्को पनि अध्यादेश ल्याएका थिए— संसदीय दल वा पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याए पार्टी फुटाउन मिल्ने।  त्यतिखेर पार्टीभित्र र बाहिरबाट व्यापक विरोध सामना गर्नुपरेपछि ओली पछाडि हटेका थिए। सबैतिरबाट एक्लिएका उनले अध्यादेश जारी गरेको चार दिनपछि २०७७ वैशाख १२ गते दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए। आठ महिनापछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी उही व्यहोराको अध्यादेश फेरि जारी गराएका छन्। त्यो बेलाजस्तै मन्त्र...
उखु किसानलाई काँग्रेस र जनता समाजवादीको ‘व्याकअप’

उखु किसानलाई काँग्रेस र जनता समाजवादीको ‘व्याकअप’

देश, राजनीति, समाचार
काठमाडौं । उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ऐक्यवद्धता जनाएका छन् । काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरु पुगेर ऐक्यवद्धता जनाएका हुन् । नेताहरुले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाए । सो क्रममा काँग्रेस प्रवक्ता शर्माले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताए । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताए । यस्तै अहिले सरकारमा बस्नेहरुले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताए । चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको बताए । प्रदर्शनमा आउने किसानहरु किसान नै होइनन भन्ने मन्त्रीको भना...
अध्यादेश आतंक : प्रचण्ड सहित नेकपा नेता सशंकित

अध्यादेश आतंक : प्रचण्ड सहित नेकपा नेता सशंकित

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।  Advertisement अध्यक्ष प्रचण्डले रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको छ । त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प छैन ।’  उनले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेलामा पार्टील...
उखु किसानको समस्या हल हुन्छ : मन्त्री परिषद

उखु किसानको समस्या हल हुन्छ : मन्त्री परिषद

देश, राजनीति, समाचार
काठमाडौं । उखु किसानका समस्या हल गर्नेबारे गृहमन्त्रालयमा चारजना मन्त्रीहरुले छलफल गरेका छन् ।  छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषीमन्त्री घनश्याम भुसाल र संघीय ममिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी सहभागी थिए ।  Advertisement गृह मन्त्रालयमा बसेको चार मन्त्रीको बैठकले उखु किसानका समस्या समाधान गर्न ‘आवश्यक कारबाही प्रक्रिया अघि बढाउने’ निर्णय गरेको छ । ‘कारवाही प्रक्रिया’ कस्तो हुन्छ भन्नेबारे खुलाइएको छैन ।  उखु किसानहरुका बक्यौता भुक्तानी दिलाउन प्रयास गर्ने र नमान्ने चिनी उद्योगीलाई कारवाही गर्ने निर्णय गरिएको बताइएको छ ।  बैठकमा सहभागी गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले उखु किसानका बक्यौता रकम भुक्तानी गराउन विभिन्न विकल्पबारे छलफल भएको रातोपाटीलाई बताए । उनले भने–‘मूल्य भु...
काँग्रेसलाई सत्ता मोह छैन : डा रिजाल

काँग्रेसलाई सत्ता मोह छैन : डा रिजाल

देश, राजनीति, समाचार
दमौली ।  काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले काँग्रेसलाई आफ्नो माझ खोजेको र  अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे ।  “गएको निर्वाचनमा काँग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उनले भने । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने काँग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा रिजालको आरोप थियो ।  Advertisement संविधानको रक्षाका लागि काँग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए ।  सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाए । काँग्रेस ...
प्रदेश २ सरकारले उखु किसानलाई ठग्यो : लोकदल

प्रदेश २ सरकारले उखु किसानलाई ठग्यो : लोकदल

देश, समाचार
काठमाडौं । लोक दलले उखु किसानहरुको बक्यौता रकम भुक्तानी गराउनका लागि सरकारसँग माग गरेको छ । लोक दलका अध्यक्ष कौशलकुमार सिंहले सोमवार एक विज्ञप्ति जारी गरी उखु किसानहरुले गरिरहेको राजधानी केन्द्रित आन्दोलनमा समर्थन जनाउँदै भुक्तानी गराउनका लागि सरकारसँग माग गरेका छन् । चिनी मिलले उखु किसानहरुको भुक्तानी दिन नमान्दा चिनी मिल संचालकहरुको अन्य सम्पतिबाट असुल उपर गरी उखु किसानहरुलाई तत्काल भुक्तानी दिलाउनुको विकल्प नरहेकाले उल्लेख गर्दै अध्यक्ष सिंहले गरिब उखु किसानहरुको पसिनाको कमाई अरबपति चिनी मिलका मालिकहरुले बेईमानी गर्दा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट चिनी मिल मालिकको पक्षमा उभिनु लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । केही दिन अगाडी संसदीय समितिको बैठकमा उद्योग मन्त्री लेखराज भट्टले चिनी मिल मालिकको पक्षमा बोल्दै उद्योगीलाई कारवाही गर्न नसक्ने बताएक...