२०८३ बैशाख २३

Author: Raunak

२ वडा जोड्न झोलुङगे पुल निर्माण हुँदै : रेसुङगा

२ वडा जोड्न झोलुङगे पुल निर्माण हुँदै : रेसुङगा

देश, समाचार
१९ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न लागिएको हो । Advertisement झोलुंगे पुलको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लराज भुसालले शिलान्यास गरेका छन् । शिलान्यास गर्दौ मेयर भुसालले तम्घासमा बन्न लागेको नमूना झोलुंगे पुलको समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे । उनले यस भेगका नागरिकलाई नगरपालिका जान र वडा वडा बिच पनि वारिपारि गर्न घुमाउरो बाटो हिँडनु पर्ने भएपछि त्यसको सहजताका लागि यो पुल निर्माण कार्य अगाडि बढेको बताए । नगरप्...
राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

देश, राजनीति, समाचार
अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । Advertisement  लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय ...
पार्टीभित्रबाटै असहज भयो : पर्यटनमन्त्री ढकाल

पार्टीभित्रबाटै असहज भयो : पर्यटनमन्त्री ढकाल

देश, राजनीति, समाचार
पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको बताए । “यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेका पाइन्छ”, मन्त्री ढकालले भने । Advertisement मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गरे । उनले भने, “संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन ।”  मन्त्री ढकालले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गरे । “नयाँ जनमतसहित आएर...
अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

देश, समाचार, सामाजिक
१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । Advertisement महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । उनीहरुको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सापकोटाले बताए । साभार: रातोपाटी ...
प्रचण्डले ‘कामनलाग्ने’ सरकार बनाउन थाले; मैले संसद विघटन गरिदिएँ : प्रधानमन्त्री

प्रचण्डले ‘कामनलाग्ने’ सरकार बनाउन थाले; मैले संसद विघटन गरिदिएँ : प्रधानमन्त्री

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए । Advertisement उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरिरहनु भएको थियो । खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो । आन्दोलनलाई भिरबाट तल खसाल्न खोज्नु भएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ्ग सोझ्याउनु थियो । हामीले स्टेरिङ्ग सोझ्याएका हौं ।’ ...
हरेक भारतियले नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

हरेक भारतियले नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली

देश, राजनीति, समाचार
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् ।  Advertisement प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका काम भएको भन्दै आफ्नै तारिफ गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रानीपोखरी र धरहरा २२ तला बनिसकेको बताए ।  ‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ ? थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो । अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम स...
५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

५ हजार नमुना परीक्षण : ४२६ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन् भने १८६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६ हजार ४८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । Credit: OnlineKhabar ...
पाटेबाघलाई गाडीको ठक्कर

पाटेबाघलाई गाडीको ठक्कर

देश, समाचार
१८ पुस, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । Advertisement कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ । पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो । Credit: OnlineKhabar ...
ओडारमा बित्यो नौ महिना

ओडारमा बित्यो नौ महिना

देश, समाचार
कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पु¥याएको हुन सक्छ । त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन ।    चन्दननाथ नगरपालिका–३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ । त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित बूढी महिलाको बास छ । जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोजयता भने सिरेटो बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ । सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्ने विषयमा कोही जानकार छैन । नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग...
सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

देश, समाचार, सामाजिक
झापा गाउँपालिका–१ मिलनबस्तीमा सुकुम्बासी टोल छ । जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन् । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुशी देखिन्थे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन् ।  Advertisement “रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु”, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया...