आर्थिक पुनरुत्थान कर्जाको पहुँच अधिकतम लक्षित वर्गमा पुग्छ : सरकार
काठमाडौं । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्र माथि उकास्न सरकारले ल्याएको आर्थिक पुनरुत्थान कर्जा प्रवाह अधिकतम लक्षित वर्गमा पु¥याइने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको हो ।
Advertisement
जसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रुपमा सार्वजनिक गर्ने निर्णय भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी नेपाल राष्ट्र बैंकले अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।  ...









