थप सय मेगावाट बिजुली आयात गर्न सक्ने गरी ढल्केबरमा ट्रान्सर्फमर थपियो
२० पुस, काठमाडौं । धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा गि्रड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सर्फमर थप गरेको हो ।
प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सर्फमरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए ।
Advertisement
अहिले ढल्केबर सबस्टेसनमा २२०/१३२ केभीका दुईवटा ट्रान्सर्फमर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ । अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । गि्रड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५एमभीएका दुईवटा ट्रान्सर्फमरमध्ये एउटा चार्च गरिएको हो । बाँकी एउटा ट्रान्सर्...









