२०८३ बैशाख २३

Author: Raunak

एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ । सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । Advertisement यस्तो छ बढुवा सिफारिसको सूची  साभार: रातोपाटी
प्रचण्ड–माधव पक्षको सिङ्ग फुक्लिसके, अब कसैले टेर्नेवाला छैनः ओली

प्रचण्ड–माधव पक्षको सिङ्ग फुक्लिसके, अब कसैले टेर्नेवाला छैनः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलिले सरकारले पार्टीका केही नेताहरुले चौतारोमा बसेर अध्यक्षमा चयन गरेको भन्दै हिजो निर्वाचन आयोगले उनीहरुको सपना खत्तम पारिदिएको बताएका छन् । ‘हिजो निर्वाचन आयोगले खत्तम पार्यो, चौतारीमा बसेर अध्यक्षमा भएकाहरु खत्तम भए, रेष्टुरामा बसेर केपी ओलिलाई निकाले रे, बिमारी परेको सुनेर गद्गद् हुन्छन्, निको भएर फर्कियो भनेर थचक्क हुन्छन्’ प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै भने ।  Advertisement प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दापनि नटेर्ने ठोकुवा गरे । ‘उनीहरुको सिङ फुक्लिसके, यिनले केही गर्नेवाला छैनन्, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘हेर्नुहोस त मुद्दाको लस्कर, झगडिया काम बाहे...
सरकारको आरोपमा सत्यता छैनः सभामुख सापकोटा

सरकारको आरोपमा सत्यता छैनः सभामुख सापकोटा

देश, राजनीति, समाचार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् । Advertisement संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए । उनले भने– ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्दपूर्ण ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सच...
इलामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

इलामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

देश, समाचार, सामाजिक
कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो ।  पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्योे । यसको विपरीत बन्दाबन्दीपछि स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो । स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे ।  Advertisement चार महिना घरमै थुनिएका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र आवश्यक पर्यो । त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो । घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे । जिल्लाका सन्दकपुर,...
कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजेः प्रचण्ड

कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजेः प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् ।  सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए ।  Advertisement सो क्रममा उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे ।  ‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्यु...
नेकपाबाट केपी ओली निष्कासित : हाल सम्म प्र.म. मौन

नेकपाबाट केपी ओली निष्कासित : हाल सम्म प्र.म. मौन

देश, राजनीति, समाचार
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । Advertisement प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए ।  फोनमा झोकिँदै उनले भने, 'उहाँहरुले के के कारबाही गर्नुहुन्छ ? मलाई के थाहा हुन्छ ? मेरो कुनै प्रतिक्रिया छैन । मैले तपाईंहरुसित यत्ति कुरा गर्न चाहेँ ।' अनि थापाले फोन राखे ।  ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ...
प्रधानमन्त्रीको भनाई प्रति बार एशोसिएशनको आक्रोश

प्रधानमन्त्रीको भनाई प्रति बार एशोसिएशनको आक्रोश

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाज वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् । Advertisement प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई...
टेलिकमको उपकरण चोरी : आरोपी ४ पक्राउ

टेलिकमको उपकरण चोरी : आरोपी ४ पक्राउ

समाचार, सामाजिक
११ माघ, सप्तरी । सप्तरी प्रहरीले नेपाल टेलिकमको बीटीएस साइटबाट विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिराहाको लहान नगरपालिका-१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, वडा नम्वर ३ ढगराहाका ३५ वर्षीय सूर्य नारायण महतो, ३५ वर्षीय पवन जयसवाल र सिराहाकै गोलबजार नगरपालिका-४ का ४१ वर्षीय दिपक अग्रवाल छन् । Advertisement प्रहरीका अनुसार पक्राउ परेका चारैजना मिलेर सप्तरीको सुरुङ्गा नगरपालिका-२ हर्दियास्थित टेलिकमको बीटीएस साइटबाट गत पुस २३ गते लाखौं मूल्य बराबरको उपकरण चोरेर लगेका थिए । पक्राउ परेकाहरु मध्ये राकेशले टेलिकमकै कर्मचारी भन्दै गत पुस २३ गते नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको करिब १० लाख मूल्य पर्ने २४ थान ब्याट्री र ३५ एमएमको २० मिटर र अर्थिङ केवलको २५ मिटर तार लगेका थिए । पक्राउ ...
मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

देश, समाचार, सामाजिक
११ माघ, काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् । Advertisement घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु बाध्यात्मक अवस्था भएको बयान दिएको प्रहरीले जनाएको छ । आइतबार नियन्त्रणमा लिइएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरियो: भीम रावल

देश, राजनीति, समाचार
कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कीर्ते कागजका आधारमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका छन् । कैलालीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको जिकिर गर्दै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने टिप्पणीसमेत गरे । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकतासम्बन्धी विवाद समाधान गर्छ’ उनले भने । Advertisement कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरु एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा ...