२०८३ बैशाख २४

Author: Raunak

मोदी- ओलिको विचार केही मिल्दो

मोदी- ओलिको विचार केही मिल्दो

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । ईश्वरका नाममा सपथ लिन नमान्ने तर पशुपति मन्दिरमा गएर पूजा गर्ने उनको परस्पर विरोधाभासपूर्ण दुई चरित्रका बारे अहिले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । प्रधानमन्त्री ओली त्यसो त धर्मकर्ममा त्यति विश्वास गर्दैनन् । यसअघि पनि प्रधानमन्त्री भइसकेका उनी यसरी पशुपति मन्दिरमा गएर कहिल्यै पूजापाठ गरेका थिएनन् । उनीमात्र होइन, कम्युनिस्ट पार्टीका कुनै पनि प्रधानमन्त्रीले पशुपतिमा गएर पूजापाठ गरेका थिएनन् । तर ओलीले सोमबार त्यो परम्परालाई क्रमभङ्ग गरे । Advertisement ओलीले पशुपति मन्दिरमा जानका लागि अहिलेकै समयलाई किन रोजे ? यो प्रश्न धेरैको मनमा उब्जिएको छ । प्रतिनिधिसभा भङ्ग गरेर चुनावको घोषणा भइसकेको अवस्था एकातिर छ भने अर्कोतिर ओलीकै विरुद्धमा आ...
आयोगको निर्णयसँगै नेकपा  आधिकारिकता ‘च्याप्टर’ समापन

आयोगको निर्णयसँगै नेकपा आधिकारिकता ‘च्याप्टर’ समापन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । आयोगको निर्णयसँगै आधिकारिक नेकपा आफूहरु रहेको दाबी गरे ।   अध्यक्ष नेपालले  भने– ‘निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।’ चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।  Advertisement पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानि...
ओलीले व्यवस्थासँग रिस राख्छन, त्यसैले संसद विघटन गरे : भुसाल

ओलीले व्यवस्थासँग रिस राख्छन, त्यसैले संसद विघटन गरे : भुसाल

देश, राजनीति, समाचार
१३ माघ, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग बदला लिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । तिलोत्तमाको ड्राइभरटोलमा मंगलबार आयोजित अन्तरक्रियामा नेता भुसालले प्रधानमन्त्रीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाई रोक्नु पर्ने बताए । ‘संसद विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज हुन्छ र न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ,’ भुसालले भने, ‘संविधानको रक्षा गर्ने दायित्व अदालतको हो, संसद पुनर्स्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न ।’ Advertisement नेकपाको प्रचण्ड–माधव पक्षले गरिरहेको आन्दोलन अदालतको स्वतन्त्रता र स्वच्छताका लागि भएको भुसालले बताए । ‘यदि कतै सेटिङ भएको छ भनेपनि त्यसले अदालतलाई प्रभावित नगरोस् भन्ने...
निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

देश, शिक्षा, समाचार, सामाजिक
१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् । Advertisement यो समस्याले आएका सबै विद्यार्थीलाई विद्यालयको भौतिक पूर्वाधार र शिक्षक अभावका कारण भर्ना लिन नसकेको उनले बताए । विद्यालयमा अहिले विद्यार्थी संख्या करिब ३८०० पुगेको छ । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने र आफ्नै स्कुल बस भएकाले पनि बुटवलको कान्ति मावि विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो । यो विद्यालय लुम्बिनी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ । उता डो...
नेविसंघ लगायत ११ भ्रातृ संगठनको म्याद थप

नेविसंघ लगायत ११ भ्रातृ संगठनको म्याद थप

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । Advertisement बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल भूतपूर्व सैनिक संघ, आदिवासी जनजाति संघ, नेपाल ठाकुर समाज, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल तामाङ संघको म्याद थप गरेको हो ।  बैठकले थपिएको ६ महिनाभित्र अधिवेशन गर्न पनि भ्रातृ संगठनलाई निर्देशन दिएको छ । यसअघि पनि काँग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनको म्याद थप गर्दै आएको थियो । साभार: र...
भारतको गणतन्त्र दिवस : आफ्ना भारतीय समकक्षीलाई शुभकामना

भारतको गणतन्त्र दिवस : आफ्ना भारतीय समकक्षीलाई शुभकामना

देश, राजनीति, समाचार
?????? भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् । Advertisement सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम...
‘श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !’ : इजलाशमा शम्भु थापा

‘श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !’ : इजलाशमा शम्भु थापा

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ । सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अधैर्य भएको टिप्पणी गरेका छन् । सोमबारको बसहमा उनले भने –‘प्रधामन्त्री र राष्ट्रपतिले एकछिन पनि धैर्य गर्न सकेनन् ।’ तर, इजलाशमा प्रधानन्यायाधीशसहितका अन्य चार चार न्यायाधिशले धैर्यता देखाएको भन्दै थापाले प्रसंसा गरे । थापाले भने–‘श्रीमान्हरुको धैर्यता त विशाल छ है ।’ Advertisement आइतबारदेखि शुक्रवार अनि, फेरि निरन्तर सुनुवाइ गरेर न्यायाधीशहरुले धैर्यता देखाएको भन्दै थापाले प्रशंसा गरेपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हाँस्द...
सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते (बारा)

सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते (बारा)

देश, समाचार, सामाजिक
१३ माघ, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो । Advertisement मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारको क्रममा उनको राति ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ । त्यसैगरी वीरगञ्ज–कलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । कलैया उपम...
गृहमन्त्री बादल विरुद्ध प्रदर्शन : कालीकोट

गृहमन्त्री बादल विरुद्ध प्रदर्शन : कालीकोट

देश, समाचार, सामाजिक
१२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । Advertisement कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत रहेको कालिकोटमा गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत प्रदर्शन गरिएको छ । उनिहरुले कार्यक्रमस्थलदेखि १०० मिटर टाढा टायर बालेका थिए । आधा घण्टापछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले प्रदर्शनस्थल नियन्त्रण लिएको थियो । Credit: OnlineKhabar ...
अमेरिकी राजदूत र प्रचण्डबीच कुरा कानी

अमेरिकी राजदूत र प्रचण्डबीच कुरा कानी

देश, समाचार
काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए ।  Advertisement सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा  लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’ अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले ...