२०८३ बैशाख २५

Author: Raunak

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार नाफा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । Advertisement नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ । साभार: रातोपाटी ...
मानव बेचबिखनमा संलग्न पक्राउ

मानव बेचबिखनमा संलग्न पक्राउ

देश, समाचार, सामाजिक
श्रीलङ्का पु¥याई मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।  प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलङ्का पु¥याएको अनुउन्धानबाट खुलेको प्रहरीले जनाएको छ । Advertisement त्यहाँको मिनुवाङ्गोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलङ्काको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलङ्कास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन ।  उक्त घटनामा संलग्न रही फरार अभियुक्त प्याकुरेलला...
बैतडीमा ओली समूहद्वारा काँग्रेस नेता एनपी साउदमाथि आक्रमण

बैतडीमा ओली समूहद्वारा काँग्रेस नेता एनपी साउदमाथि आक्रमण

देश, राजनीति, समाचार
काठमाडौं । बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ । डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।  आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् । ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको छ । आमसभा सभा चलिरहेका बेला ओली समूह आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए ।  Advertisement जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । उनीहरुले पाटन नगपालिकाका मेयरले चढ्ने गाडीसहितमा पनि तोडफोड गरेका थि...
सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल  सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए ।  केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् । Advertisement म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै  शवहरुको व्यवस्थापन गर्दै आएका थिए । साभार: रातो...
मलाई सिध्याउन केपी ओलीले राम मन्दिरको कुरा ल्याएः प्रचण्ड

मलाई सिध्याउन केपी ओलीले राम मन्दिरको कुरा ल्याएः प्रचण्ड

देश, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा राम मन्दिर बनाउने कुरा ‘प्रचण्ड सिध्याउन सकिन्छ’ भन्ने उद्देश्यले ल्याइएको बताएका छन् । चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ ?’ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए । उनले भने, ‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ?’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिँदै उनले त्यसमा सबैभन्दा बढी सहयोग आफूले गर्ने...
डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

देश, समाचार, सामाजिक
डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । Advertisement कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त  ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् । पक्राउ परेकामध्ये सोही ट्याङ्करका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका म...
मङ्गलबारबाट एमिकस क्युरीको बहस हुने

मङ्गलबारबाट एमिकस क्युरीको बहस हुने

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । Advertisement प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । रिट निवेदकबाट जवाफी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्न विशेष अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क पेश गरे । “फैसला न्यायाधीशज्यूहरुको कन्भेन्सको कुरा हो, संविधनमा जे लेखिएको छ, फैसला त्यही नै हो”, उनले जोडे । अधिवक...
राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

देश, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गरेका हुन् । Advertisement सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थअधिकारीलगायतको उपस्थिति थियो । साभार: रातोपाटी ...
प्रधानमन्त्रीको अयोग्यताले सरकार पूर्णतः असफल भयोः काँग्रेस

प्रधानमन्त्रीको अयोग्यताले सरकार पूर्णतः असफल भयोः काँग्रेस

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली काँग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो । Advertisement नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताका कारणले असफल भएको नेपाली कांग्रेसको मूल्याँकन रहेको बताए । काँग्रेसले सरकार बलियो भनिएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्याँकन गरेको प्रवक्ता शर्माले बताए । सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता शर्माको भनाई छ । साभार: रातोपाटी ...
नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

देश, समाचार
काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो ।  काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ ।  निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको राससलाई जानकारी दिए। “हालसम्म नयाँ बसपार्कदेखि बालाजुसम्मको एक किलोमिटर र शोभाभगवती क्षेत्रमा ५०० मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ”, उनले भने ।  Advertisement उक्त सडक कालोपत्रेसँगै टोखादेखि नयाँ बसपार्क, ब...