२०८३ बैशाख २५

Author: Raunak

सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण

सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको  हो ।  Advertisement स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए।  ‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उनले भनिन्,“सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छौं ।”गाउँपालिकाभरि ६२५ आमालाई यस पटक फिल्टर वितरण गरिएको उनले बताइन् ।  उनले भनिन्,“सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्यमा सुधार मातृ मृत्युदरमा पनि कमी आउनेछ ।”दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेक...
नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् । Advertisement मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।  पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।  साभार: रातोपाटी ...
नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो । २४ वर्षीय थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको उक्त समाचार एजेन्सीले जनाएको छ । दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन । चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा दिपेशको शव फेला परेको जनाइएको छ । Advertisement दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले दिपेशको शवलाई पोस्ट...
तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

देश, राजनीति, समाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पारे ।  मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उल्लेख गरे । प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि...
सडकले नेपालसँग जोडियो भारतको सिक्किम

सडकले नेपालसँग जोडियो भारतको सिक्किम

देश, समाचार, सामाजिक
–रवीन्द्र काफ्लेपाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो ।  सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत) ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए ।  Advertisement नेपालले २०७० साल...
पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

देश, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ रहेको बताएका हुन् । पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई छ । संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे । मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफुले...
देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । Advertisement मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।  साभार: रातोपाटी ...
‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

देश, समाचार, सामाजिक
राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिर्ए । उनका अनुसार धादिङको गल्छीबाट रसुवाको स्याफ्रुबेसीँसम्म निर्माण भइरहेको सडकको प्रगति बार्खायाम र कोरोनाका कारण प्रभावित भएकामा अहिले भने तीव्रगतिमा अघि बढेको छ । “निकै कठिन मानिएको बेलकोटगढी–७ स्थित कल्चौडीभिर दुई वर्षको प्रयासले काटिएको छ भने बुधसिंहघाटस्थित भिर काट्ने काम अब अघि बढाउन लागिएको छ”, योजना प्रमुख भण्डारीले भने, “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण क...
प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

देश, राजनीति, समाचार
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । Advertisement कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ । अबको १० दिन सो समूहले विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ । सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ । Credit: OnlineKhabar ...
२० लाख कोरोना खोप किन्न मन्त्रिपरिषद्ले खोल्यो बाटो

२० लाख कोरोना खोप किन्न मन्त्रिपरिषद्ले खोल्यो बाटो

देश, समाचार, स्वास्थ्य
४ फागुन, काठमाडौं । सरकारले २० लाख डोज कोरोना खोप खरिदका लागि बाटो खुला गरेको छ । अब फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । तीन साता अघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच २० लाख खोप खरिदका लागि सहमति भएको थियो । मन्त्री त्रिपाठीका अनुसार भारतीय पक्षको समेत समन्वयमा प्रतिडोज चार डलरमा खोप दिन सेरम सहमत भएको थियो । Advertisement तर भक्तानीमा सहमति जुट्न सकेन । सेरमले सबै पैसा भुक्तानी भएपछि मात्र खोप दिने बताएको थियो । ‘हाम्रो सार्वजनिक खरिद ऐनका कारण त्यो सम्भव भएपछि क्याबिनेटले बाटो खुला गरेको छ’ मन्त्री त्रिपाठीले भने, ‘अब हामीले ८० प्रतिशत रकम भुक्तानी गरेपछि उसले खोपमा ब्याच नम्बर लगाउन थाल्छ । बाँकी रकम दिएपछि खोप आउँछ ।’ खोप आएपछि समुदायमा गएर ५५ वर्षभन्दा माथिका न...