२०८३ बैशाख २५

Author: Raunak

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३ फागुन, कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । ‘किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ’, उनले भने, ‘नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।’ विश्वका सबैभन्दा उन्नत उखु...
माटोको गुणस्तर थाहा पाउने विद्युतीय नक्सांकन सकियो

माटोको गुणस्तर थाहा पाउने विद्युतीय नक्सांकन सकियो

देश, समाचार
२ फागुन, काठमाडौं । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान केन्द्रले चार वर्ष अध्ययन गरेर माटोको गुणस्तर थाहा पाउन सकिने विद्युतीय नक्साकंन सम्पन्न गरेको छ । यसै साता सार्वजनिक गर्ने गरी अन्तिम तयारी सकिएको उक्त नक्साकंनले ५६ वटा जिल्लाको माटोको गुणस्तर इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिने छ । Advertisement किसानले अब आफ्नो खेतबारीका माटोको उर्बराशक्ति, अम्लीयपन प्रांगारिक पदार्थ माटोको बनोट जस्ता जानकारी वेबसाइटमार्फत सजिलै पाउन सक्ने राष्ट्रिय माटो विज्ञान केन्द्रका वरिष्ठ माटो वैज्ञानिक डा. श्रीप्रसाद विष्टले अनलाइनखबरलाई बताए । देशभरबाट २३ हजार २७३ वटा माटो नमूनाको नतिजाको आधारमा उक्त विद्युतीय विवरण तयार पारिएको डा.विष्टले बताए । अरु बाँकी जिल्ला पनि नक्सांकानमा छिटै समावेस हुने उनको भनाई छ । ‘आफ्नो जम...
प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : उपप्रधानमन्त्री पोखरेल

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : उपप्रधानमन्त्री पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे । Advertisement प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नुहुँदै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे । पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनल...
निर्वाचन आयोगद्वारा १४ राजनीतिक दलसँग छलफल, कस्तो बन्दैछ निर्वाचन आचारसंहिता ?

निर्वाचन आयोगद्वारा १४ राजनीतिक दलसँग छलफल, कस्तो बन्दैछ निर्वाचन आचारसंहिता ?

देश, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको छ ।  आईतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लघंन गर्नेमाथि कारवाही गर्ने नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । उनीहरुले आचारसंहिता कडाईका साथ कार्यान्वयन गराउन र उलंघन गर्नेहरुमाथि विद्यमान व्यवस्थाअनुसार कारवाही गर्न पनि माग गरे । Advertisement नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले भने निर्वाचन आचारसंहिता उलंघन गर्ने सरकारलाई कारवाही नगरेको आरोप लगाएको छ । उसले आयोगको कार्यशैलीप्रति आशंका समेत व्यक्त गरेको छ । छलफलमा सहभागी नेता लिलामणि प...
प्रधानमन्त्रीलाई पुनको प्रश्नः कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

प्रधानमन्त्रीलाई पुनको प्रश्नः कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

देश, राजनीति, समाचार
तेह्रथुम । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो । निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक÷एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५० औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’ पुनले भने, ‘प्रधानन्त्रीजी तपाईं जनताप्...
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा कुँवर नियुक्त

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा कुँवर नियुक्त

देश, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।  यसअघि सर्वोच्चकै रजिस्ट्रार रहेका कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् ।  माघ ११ गते बसेको न्यायपरिषदको बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो । माघ २५ गते न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै माघ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका थिए । उनी गुल्मी धुर्कोटका स्थायी वासिन्दा हुन् । Advertisement त्यस्तै सर्वोच्चकै रजिस्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएकी छिन् । माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उनल...
फेरि बल्यो मनाङको जङ्गलमा आगो

फेरि बल्यो मनाङको जङ्गलमा आगो

देश, समाचार, सामाजिक
हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उनको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ । Advertisement “हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ”, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने । उनले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढिलाइ गरेको आरोपसमे...
पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

देश, समाचार, सामाजिक
सुर्खेत ।  जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दैलेखको दुल्लु दरबार पुनर्निर्माणको पखाईमा छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुनर्निर्माण भएको छैन । २०६० वैशाख ८ गते माओवादीले दरबारमा बम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो । वाइसे –चौविसे राज्यमा यो राज्य एक राज्यको रुपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम सम्वत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालिन दुल्लु राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको निर्माण गर्न लगाएको इतिहासका विद्यार्थी...
निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

देश, राजनीति, समाचार
२ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । Advertisement छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाज...
नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

देश, राजनीति, समाचार, सामाजिक
१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर  शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा सभा गरेको यो समूहले शनिबार बलियो पकड मानिएको लुम्बिनी प्रदेशको बुटवललाई शक्ति प्रदर्शन गरेको छ । Advertisement बुटवल-७ सिद्धेश्वर माविको मैदानमा भएको सभाका लाागि प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता र जनता ल्याइएको थियो । सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट, मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिकसँगै विष...