२०८० चैत्र १५

एमसीसीको विरोधमा एमाले पनि ! आइटी आर्मीद्वारा विरोध प्रदर्शन

 मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आइटी आर्मीले चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । आइटी आर्मीका जिल्ला अध्यक्ष नरेश साहको नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको हो । आइटी आर्मी नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहको पहलमा गठन गरिएको हो ।

उल्लेखनीय छ, केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेका थिए । उनले सभामुखको असहयोगका कारण एमसीसी पारित गर्न नसकेको बताउँदै आएका छन् ।


Advertisement


शुक्रबार आइटी आर्मीका सदस्यले चन्द्रनिगाहपुरमा एमसीसी र सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले बजार क्षेत्र परिक्रमा गर्दै नारावाजी गरेका थिए ।

सोही क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह, गजरा नगरपालिकामा मेयर प्रत्यासी पलट चौधरी र लालबाबु साहले सम्बोधन गरेका थिए । उनीहरुले एमसीसी देशका लागि घातक भएको भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने बताएका थिए ।

उनीहरुले एमसीसीबाट प्राप्त हुने रकमको तुलनामा निकै बढी रकम रेमिट्यान्सबाट प्राप्त हुने गरेको भन्दै सरकारले जबर्जस्ती एमसीसी पारित गर्न खोजे मुलुकमा अशान्ति मच्चिने र त्यसको जिम्मेवार सरकार स्वयं हुने चेतावनीसमेत दिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap