२०८२ पुष ७

Author: admin

सुकुमबासी बस्ती हटाउन महानगरले माग्यो गृहसँग सहयोग

सुकुमबासी बस्ती हटाउन महानगरले माग्यो गृहसँग सहयोग

देश
१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ । ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा भनिएको छ । ‘थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि ...
मधेश प्रदेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

मधेश प्रदेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

राजनीति
१४ पुस, जनकपुरधाम । मधेेश प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए । उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् । ...
सरकारमा जाने बाटो खोल्नुअघि पूर्वराजासँग लिङ्देनको भेट

सरकारमा जाने बाटो खोल्नुअघि पूर्वराजासँग लिङ्देनको भेट

राजनीति
१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपा सरकारमा सहभागी भएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजानेबारे निर्णय गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकको अघिल्लो दिन लिङ्देनले सुटुक्क बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । लिङ्देनले ज्ञानेन्द्रसँग भएको भेट बाहिर ल्याउन चाहेका थिएनन् । तर पार्टीकै बैठकमा नेताहरुले प्रश्न उठाएका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग के कुरा गर्नुभयो ?’ स्रोतका अनुसार झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुन्छ ? र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा के हो ? भनेर प्रश्न गरेका छन् । उच्च स्रोतका अनुसार सिमरामा ज्ञाने...
Awareness: Hookah proved to be 100 times lethal than cigarettes

Awareness: Hookah proved to be 100 times lethal than cigarettes

स्वास्थ्य
Hookah, also known as shisha or waterpipe smoking, is a popular method of smoking tobacco that originated in the Middle East and has gained popularity in other parts of the world. While hookah smoking may seem like a more relaxed and social activity compared to smoking cigarettes, it is actually much more dangerous. One of the main dangers of hookah smoking is the high levels of toxic chemicals and cancer-causing agents that are inhaled during a hookah session. A single hookah session can involve inhaling the same amount of smoke as smoking 100 cigarettes, making hookah smoking 100 times more dangerous than cigarettes. Hookah smoke contains high levels of carbon monoxide, a poisonous gas that can reduce the amount of oxygen that reaches the body's tissues. It also contains...
‘बीआरआई कार्यान्वयन अघि राष्ट्रिय सहमति आवश्यक’

‘बीआरआई कार्यान्वयन अघि राष्ट्रिय सहमति आवश्यक’

अर्थतन्त्र, आर्थिक
९ पुस, काठमाडौं । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम राष्ट्रिय हितअनुकुल बनाएर मात्रै कार्यान्वयनमा लैजान विज्ञहरुले राष्ट्रिय सहमतिको आवश्यकता पर्ने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमा सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिजम (सीईएसआईएफ) ले आयोजना गरेको ‘भूराजनीति र दक्षिण एसियामा बीआरआई’ विषयक अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री, अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, भारत, बंगलादेश र श्रीलंकालगायत मुलुकका विज्ञहरूले राष्ट्रिय सहमति र हितको विषयमा चर्चा गरेका हुन् । पूर्वपरराष्ट्रमन्त्री, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआई अवसर र चुनौती दुवै भएको भन्दै देशको हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा बीआरआई अघि बढाउनुपर्ने बताए । ‘बीआरआई चीनको बढ्दो शक्तिलाई सदुपयोग गर्ने सन्दर्भमा आएको छ । म परराष्ट्र...
Craving for Newari Food? : यी हुन् काठमाडौंका नामी ७ नेवारी रेस्टुरेन्ट

Craving for Newari Food? : यी हुन् काठमाडौंका नामी ७ नेवारी रेस्टुरेन्ट

कभर स्टोरी
काठमाडौं । समयबजी, बारा, छोयला, कचिला, योमरी । यी नेवारी व्यञ्जनले खानाका पारखीलाई हरदम लोभ्याइरहन्छ । त्यसैले त सहरमा यस्ता व्यञ्जन खोजी खोजी खानेहरुको व्यापक घुइँचो हुन्छ । काठमाडौंका रैथाने हुन् वा आगन्तुक, नेवारी व्यञ्जन नचाख्ने सायदै भेटिएला । किनभने यो सहरसँग नेवारी व्यञ्जनको अभिन्न नाता छ । तपाईं जुनसुकै चोक-गल्ली चहार्नुहोस् नेवारी रेस्टुरेन्ट भेट्नुहुनेछ । तपाईं जो-कोही खानाका पारखीलाई सोध्नुहोस्, नेवारी व्यञ्जन त चाखेकै हुनेछन् । सहरमा अनगिन्ती नेवारी रेस्टुरेन्ट छन् । त्यसमध्ये पनि अनलाइनखबरले काठमाडौं उपत्यकाका नामी सात रेस्टुरेन्ट सूचीकृत गरेको छ, जहाँ पाक्ने नेवारी व्यञ्जन खास छन् । पाल्चा नेवारी किचन, जावलाखेल सम्पर्क : ९८०१०५६३५७ सात वर्षअघि जावलाखेलमा स्थापना भएको पाल्चा नेवारी किचन नेवारी व्यञ्जनको लागि निकै लोकप्रिय छ । यहाँ ल...
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस देखियो

देश
९ पुस, बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउँछन् । ‘अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ’, तिम्सिना बताउँछन् । ठूलो सिलसिले ...
‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

संगीत
काठमाडौँ । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् । जसअनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् । नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् । ...
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

राजनीति
९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेक...
काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा

काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा

कभर स्टोरी
अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका- २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्लागसिप स्टोर सञ्चालनमा ल्याएको हो । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । आउटलेटमा केएफसिका बिभिन्न चिकेनको परिकार जस्तै हट एण्ड क्रिष्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मियल लगायतका नयाँ अफरसमेत ल्याएको छ । ...