गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन
गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै रु ८४ लाख सङ्कलन गरिएको छ ।
आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो । गौ संरक्षण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमलाई अक्षयकोषका रूपमा राखेर सोहीमार्फत गौशाला सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।
“बाटोघाटोमा गाईलाई छाडा छाडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भयो”, उहाँले भन्नुभयो, “गाईको संरक्षण तथा व्यवस्थ...









