२०८१ बैशाख ७

नेपाली जनता हिंसाको पक्षमा छैनन् :अध्यक्ष ओली




नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीको आज परेको ७२आँै जन्मदिनको अवसर पारेर बालकोटस्थित उहाँकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उहाँले सो धारणा राख्नुभएको हो ।


Advertisement


सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उहाँले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताउनुभयो ।



अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गर्नुभयो । –––

Copy link
Powered by Social Snap