वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी
बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पु¥याउने भएको छ ।
परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पु¥याउने भएको हो ।
लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । “हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन”, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले भन्नुभयो । उहाँका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पु¥याउने लक्ष्य छ ।
प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पा...









