![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/02/raprapa-1024x661-1.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले माग
गरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ । बैठक दिउँसो १ बजे बोलाइएको उहाँले बताउनुभयो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने छ । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)