२०८३ बैशाख १७

Author: admin

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम भैरहेकोे जानकारी दिए । ‘अहिले तीनवटा फिल्ममा काम भइरहेको छ, जसमध्ये एउटा वडा नम्बर ६ हो’ दीपकले भने, ‘यी तीनमध्ये कुनै एउटा फिल्मको सुटिङ मंसिरदेखि थाल्ने हाम्रो तयारी छ ।’ यसै महिनाको सुरुआतमा अनलाइनखबरसँग कुरा गर्दै दीपकले ‘वडा नम्बर ६’कै शैली अर्थात् सामाजिक र हास्यव्यंग्य कथावस्तुमा फिल्म बनाउने भन्दै यस्तो संकेत गरेका थिए । ‘वडा नम्बर ६’ लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए भने यसमा दीपकसहित धुर्मुस, दयाहाङ राई, माग्ने बुढा, मुन्द्रे, प्रियंका कार्की लगायतको अभिनय थियो । फिल्मलाई दीपक र दीपाले संयुक्त रुपमा निर्माण गरेका थिए । यो फिल्मलाई समीक्षकले रुचाएका थिए । यो नयाँ फिल्मलाई...
नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

अर्थतन्त्र, उद्यमशीलता
४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ । यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ । आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि २१ साउनमा भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयताको १ भदौसम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले बताएका छन् । तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभे...
‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को स्पिन-अप तथा दोस्रो श्रृंखला ‘भष्मे डन’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । जारी पोस्टरमा फिल्मको प्रदर्शन मितिको रुपमा आगामी दशैं उल्लेख छ । पहिलो पोस्टरमा फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा अभिनय गरेका विपिन कार्कीलाई फिचर्ड गरिएको छ । उक्त पोस्टरमा विपिन भष्मे डनको लुक्समा छन् । पहिलो भागमा विपिनलाई यो चरित्रमा निकै रुचाइएको थियो । दोस्रो पोस्टरमा विपिनलाई केन्द्रमा राख्दै अन्य पात्रलाई फिचर्ड गरिएको छ । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ लगायतलाई पनि पोस्टरमा चित्रण गरिएको छ । सबै कलाकारको आ–आफ्नो लुक्स पनि यसमा प्रस्तुत छ । खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले फिल्म निर्देशन गरेका हुन् । शुक्रबार मात्रै विपिन अभिनित अर्को फिल्म ‘एक भग...
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

समाचार, साहित्य
२ भदौ, काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् । पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो । ...
साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट

अर्थतन्त्र
१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि उनीहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो । आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरको हकमा साउनबाट यो प्रावधान लागु भएको हो । सोहीकारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनु पर्ने भएको छ । साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ...
धेरैको रोजाइमा पर्ने काठमाडौंका ७ केक शप

धेरैको रोजाइमा पर्ने काठमाडौंका ७ केक शप

नेपाली ब्रान्ड
काठमाडौं । जन्मदिनमा मात्र होइन, आजभोलि विवाह, एनिभर्सरी, बेबी सावरलगायत हरेक शुभकार्यमा केक काट्ने चलन छ । घरघरमा केक काट्ने संस्कृति फेसनकै रुपमा विकसित भइरहेको छ । बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ । केकको लागि धेरै नयाँ नयाँ बेकरी शपहरु खुलेका छन् । यी धेरै बेकरी सपमध्ये केही लोकप्रिय बेकरी तथा केक सपलाई हामीले समेटेका छौं । कृष्ण पाउरोटी भण्डार केक तथा बेकरी उत्पादनका लागि धेरैको रोजाइमा पर्छ कृष्ण पाउरोटी भण्डार । जुन ७५ वर्षअघि कृष्णबहादुर राजकर्णिकारले काठमाडौं कमलपोखरीमा खोलेका थिए । अहिले सोही स्थानमा मुख्य पसल रहेको कृष्ण पाउरोटी भण्डारका उपत्यकामा खुमलटार, हात्तीवन र महालक्ष्मीमा पनि आउटलेट छन् । अहिले पनि जन्मदिन होस् वा अन्य विशेष अवसरमा कृष्ण पाउरोटीको केक रोज्ने धेरै छन् । यहाँ एक पाउन्ड केक...
भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

राजनीति
२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् । संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए । आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ । ‘हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने । ...
‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

नेपाली चलचित्र
काठमाडौं । मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेण्ड लामो ट्रेलरमा फिल्मको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । नि:सन्तान दम्पतीलाई भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा फिल्मले पेश गर्छ । आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् । ‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीको छ । मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, सुशील पोखरेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना, टीकाभक्त जिरेल लगायतले फिल्ममा अभिनय गरेका छन् । यो फिल्मको छायांकन तनहुँको बन्दीपुर ...
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने : यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने : यसरी हेर्न सकिन्छ नतिजा

शिक्षा
३० साउन, भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने, ‘बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सा...
गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

राजनीति
३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको ...