२०८२ माघ १५

Author: admin

Are you in Putalisadak? Here are top 3 lunch spots for your cravings

Are you in Putalisadak? Here are top 3 lunch spots for your cravings

कभर स्टोरी
Being in most busy and chaotic working area of Kathmandu i.e. Putalisadak, it's a tough decision to choose your lunch spot. Either you are working professional or a student, everyone needs a better place with a greater ambience and mouth watering food. If you are confused to choose your next lunch stop, here are 5 best restro in Putalisadak area to halt your hunger. 1) Sahara Restro & Bar (known as Sahara Tandoori Cafe) Right in the epicenter of Putalisadak and opposite to Star Mall, Sahara Restro & Bar (widely known as Sahara Tandoori Cafe) is the best spot for all sort of food, lunch and beverages. Founded in 2076 by Sailendra Bikram Thapa and team, Sahara has been everyone's favourite spot to hangout, discuss business or celebrate any occas...
अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

अर्थतन्त्र, उद्यमशीलता
२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो । तर, रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदार राजेन्द्र बजगाईंले असहयोग गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन । तर, सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो । विगत ७-८ महिनादेखिको प्रय...
संसदको अवरोध खुलाउने प्रयासमा शीर्ष नेताहरु छलफलमा

संसदको अवरोध खुलाउने प्रयासमा शीर्ष नेताहरु छलफलमा

राजनीति
२३ साउन, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा प्रमुख सचेतकहरुसमेत सहभागी छन् । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर सहमति जुट्न सकेको छैन । ...
रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

SYM शुद्ध सकारात्मकता, देश
रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक सङ्घसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् । सो संस्थाले बिक्री गरेका घरघडेरीको सोमबार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ । नगरभित्रका सात सय ८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते एक सय ६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते तीन सय ५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ । पाँच दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस...
आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

देश, समाचार
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । यसैगरी आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । कोशी, बागमत...
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

SYM शुद्ध सकारात्मकता
कास्की, १६ साउन : साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन । शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्नुहुन्छ । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहनुभएकी उहाँ प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आउनुभएको थियो । पोखरा आएसँगै उहाँमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उहाँ ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुग्नुभयो, उहाँले त्यसपछि आफ्नो खुसी थाम्न सक्नुभएन । “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो”, उहाँले भन्नुभयो, “उडेर हावाको...
अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

अर्थतन्त्र
अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो । सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री डा महतले जानकारी दिनुभयो । यस वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजनाहरू ...
‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

देश, समाचार
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिनुभयो । मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उहाँको भनाइ थियो । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।––– ...
First meeting of Socialist Front today

First meeting of Socialist Front today

राजनीति
The first meeting of Samajbadi Morcha, Nepal is being held today. The meeting is scheduled to take place at the central office of CPN (Unified Socialist) at Aloknagar at 4:00 pm today. Matters relating to the role of Morcha or Front in contemporary political developments in the country, the government's action plan for the people's livelihood and ways to strengthening the Front are the agenda of the meeting. The meeting will be attended by the heads of the four parties affiliated to the front, leader of CPN (Unified Socialist) Jagannath Khatiwada. Top leaders of CPN (Maoist Center), Janata Samajbadi Party, CPN (Unified Socialist) and Biplap-led Nepal Communist Party had announced the front on June 19.
ककनीको पानी हङकङ र मकाउ निर्यात

ककनीको पानी हङकङ र मकाउ निर्यात

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्नुभएको हो । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उहाँले जानकारी दिनुभयो । “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उहाँले भन्नुभयो । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने न...