२०८३ बैशाख २०

Author: admin

पहाडी पालिकामा हाटबजार सुरु

पहाडी पालिकामा हाटबजार सुरु

देश, समाचार
Representation Image उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् । लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । “गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषकले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्न हाटबजारको आयोजना गरेका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको अर्गानिक उत्पादन जिल्ला सदरमुकाम गाईघाटसम्म माग बढ्दो छ ।” हाटबजारमा आलु, काउली, केरा, खुर्सानी, सागलगायतका उत्पादनको किनबेच भइरहेको हाटबजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताउनुभयो । त्यसैगरी अर्को पहाडी भूभागमा पर्ने माझ खर्कमा पनि शुक्रबारदेखि हाटबजार सुरु भएको छ । रौतामाई गाउँपालिका–१ मा...
यस्तो छ यस वर्षको ग्रहयोग

यस्तो छ यस वर्षको ग्रहयोग

देश, समाचार
काठमाडौँ, १ वैशाख (रासस) : आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो । “यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं स...
विचार :नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

विचार :नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

SYM शुद्ध सकारात्मकता, विचार, विचार
नेपालगञ्ज, १ वैशाख (रासस)ः ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित राष्ट्रिय पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ । विक्रम संवत् अङ्गे्रजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस् भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वभर छरिएर रहेका नेपालीहरुले एक आपसमा शुभकामना दिन सुरु गर...
जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी

जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी

देश, राजनीति
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले दिनुभएको नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा परिवर्तनको जगमा मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको उल्लेख गर्नुभएको छ । सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उहाँले पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ अहिले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि राजधानी व्यवस्थापनको कार्यको था...
‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

देश, समाचार
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आएएफआरसी० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो । उहाँहरुले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभएको थियोआइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराउनुभएको थियो भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गर्नुभएको थियो । आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ...
जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ : अध्यक्ष ओली

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ : अध्यक्ष ओली

देश, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो । बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उहाँले बताउनुभयो । “अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ”, शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण...
मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग

मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग

SYM शुद्ध सकारात्मकता, देश
बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ । सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ । पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । आज मैथिल ‘जुड–शीतल’ पर्वको पहिलो दिन ‘सतुवाइन’ मनाउँदैछन् । पर्वको दोस्रो दिन अर्थ...
युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

देश
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताउनुभयो । “विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ । मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै नेता कोइरालाले अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत...
नापी र मालपोत कार्यालय एकीकृत गरिने

नापी र मालपोत कार्यालय एकीकृत गरिने

देश, समाचार
भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताउनुभयो । नापी विभागका कर्मचारीलाई आज सम्बोधन गर्दै उहाँले नापी प्रशासक विषयगत विज्ञ र दक्ष भएकाले यो दक्षताको प्रयोग जनताले सरल र झन्झटरहित हिसाबले सेवा पाउनुपर्ने उहाँको भनाइ थियो । ती दुई कार्यालयलाई एकीकृत गरिएमा सरकारी खर्चमा केही हदसम्म मितव्ययितासमेत कायम गर्न योगदान पुग्नेछ । सचिव डा रेग्मीले भन्नुभयो, “देशमा भूमि हुने र नहुने दुवैमा भूस्वामित्व हुनु आवश्यक हुन्छ, नापीले सबै जग्गाको विवरण तयार गरी भूमिहीनलाई समेत भूस्वामित्व दिने वातावरण निर्मा...
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री

सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री

देश, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताउनुभयो । “निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ भन्ने म सहमत छु । कन्टेन्टका रूपमा छलफल गरौँला, नीतिगतरूपमा प्रतिस्पर्धा गर्न लायक संस्था हामी बनाऔँ । कहाँनेर कमजोरी छ, दफाबार छलफलका क्रममा अगाडि बढौँ”, उहाँले भन्नुभयो । विधेयकमा नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालनका लागि राज्यको दायित्वबाट वञ्चित नगरिएको उल्लेख गर्दैै मन्त्री शर्माले राज्यले लगानी पनि गर्ने ...