२०८२ माघ १७

Author: admin

कृषकलाई माछाका भुरा वितरण

कृषकलाई माछाका भुरा वितरण

SYM शुद्ध सकारात्मकता
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गर्नुभयो । मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । भुरा नवलपरासीबाट खरिद गरिएको हो । व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन । ...
भक्तपुरमा आजदेखि बिस्काः जात्रा

भक्तपुरमा आजदेखि बिस्काः जात्रा

देश, समाचार
आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पु¥याउने लक्ष्य छ ।” पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पु¥याउने चलन थियो । यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याइ पहिलो ...
अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

देश, समाचार
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार उहाँहरु पदोन्नती हुनुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गर्नुभयो । महानिरीक्षक कुँवरले भन्नुभयो, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारी मनग्यै छन्, तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका कार्यहरू उच्च मनोबलका साथ सम्पन्...
विकासमा सबैकाे अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग

विकासमा सबैकाे अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग

देश, समाचार
गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ । यही चैत २३ र २४ सम्म चलेको महासङ्घको राष्ट्रिय नागरिक सम्मेलनले १९ बुँदे ‘नागरिक सम्मेलन घोषणापत्र’ जारी गर्दै सुरक्षित सडक सञ्जाल निर्माण एवं जलवायु न्याय कार्यमार्फत विपद् उत्थानशील राष्ट्र निर्माण हुनेगरी सरोकारवालासँग सहकार्य गर्न माग गरेको हो । महासङ्घले जलवायु परिवर्तनको असरस्वरुप देशका विभिन्न भूभाग बाढी, पहिरो, डुबान, कटानका कारण उच्च जोखिममा रहेको र ठूलो क्षति व्यहोर्नु परेको जनाएको छ । घोषणापत्रमा दिगो विकास लक्ष्यको मर्मलाई आतमसात् गर्दै सबै सरोकारवालासँगको सहभागितामा कार्यान्वयनको योजना निर्माण गरी स्थानीयकरण गर्न र हासिल भएका उपलब्धिलाई एकीकृत तथ्याङ्ककीकरण प्रणाली विकास गरी विकासमा सबैको अधिकार सुन...
आलेखः ‘चिल गाडी कैले आउन्या ओ’

आलेखः ‘चिल गाडी कैले आउन्या ओ’

विचार, विचार
कालीकोट, २६ चैत (रासस) : ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उहाँलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ । अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा कतै आफूले खनेको मैदानमा आउने हो कि भन्ने लाग्छ उहाँलाई । यतिका वर्षसम्म पनि जहाज नआएको देख्दा निरास हुँदै उहाँ भन्नुहुन्छ, “चिल गाडी नदेखिकनै मन्न्या हौँ कि ?” गाउँको विमानस्थलमा जहाजको सुविधा भए...
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

राजनीति
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उहाँको भनाइ छ । “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्”, उहाँले भन्नुभयो, “राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।” निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उहाँले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा ...
‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’

‘अस्पतालमा बिरामी धेरै आए भनेर डराउने होइन’

देश, समाचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्छ भन्नुभयो । सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले बिरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण हो ।” भरतपुर अस्पताललाई सरकारले पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिइसकेको उहाँको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यसचिव बद्रीबहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालका रूपमा विकास गर्नुपर्न...
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

संगीत
समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किनुभएको छ । साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिनुभयो । “हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ...
पोखरामा सडक कविता वाचन

पोखरामा सडक कविता वाचन

समाचार
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिनुभयो । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको जनाउँदै उहाँले कार्यक्रममार्फत जनआवाजलाई सुनाउने अपेक्षा गरिएको बताउनुभयो । संस्थाका उपाध्यक्ष प्रा डा यामबहादुर पौडेल क्षेत्रीले साङ्केतिकरूपमा मञ्चका कुर्ची पात्रविहीन बनाएर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संंस्थाले गण्डकी प्रदेशभित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित आमन्त्रण गरेको थियो । यी रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अङ्कमा प्रकाशन गर्ने प्रवक्ता ताराबहादुर गुरुङले जा...
गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

विदेश / एन.आर.एन
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गर्नुभएको हो । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराउनुभएको थियो । यसैगरी अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराउनुभएको थियो भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी १...