सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सरकारले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाय छ । “सरकारको स्थिरताबिना मुलुकको आर्थिक, सुशासन र समृद्धि प्राप्त हुँदैन, त्यसैले सत्तामा रहेका राजनीतिक दलले मुलुक र जनताको हितमा परिवर्तनमुखी काम गर्नु पर्दछ ।”
अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
...









