कडीपत्ता बेचेर जीवन निर्वाह
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्ष हुनुभयो । उहाँ डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरी खल्ला झर्नुभएको थियो । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर बुढाले जीविकोपार्जन गर्दै आइरहनुभएको छ ।
“छोराहरू स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छु”, उहाँले भन्नुभयो, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।”
टुँडिखेलका लोकबहादुर थापाले पनि यसलाई आम्दानीको स्रोत बनाउनुभएको छ । बस्ती नजिकैको वनबाट सङ्कलन गरेर भारतमा बिक्री गर्ने उहाँले यसबाट मनग्य आम्दानी गर्नहुन्छ । “पत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौँ, यो काम गर्न थालेको धेरै भयो”, उहाँले भन्नुभयो, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हँुदैन, यसैबाट रासनको जोहो गर्नुपर्छ ।”
चुरे भेगमा पर्ने भीमदत्त नगरपालिका–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयको आम्दानीको स...









