‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो
घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रङ्गीविरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ ।
अभियान्ता डाक्टर महाविर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापकन विनपुनले बताउनुभयो । “यहाँ आउने पर्यटक लोभिएर फर्कने ...









